
कैलाली- कैलालीमा ४ वर्षीया बालिका बलात्कृत भएकी छिन्। जिल्लाको मोहन्याल गाउँपालिका ७ मा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको भन्दै बालिकाको परिवारले शनिबार साँझ जाहेरी दिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बालिका बलात्कृतको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन्। बलात्कार आरोप लागेका बालक पनि पीडित बालिकाकै गाउँका हुन्। बालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
श्राेत दिनेश खबर











