बाजुरा- नेपाली कांग्रेस गौमुल गाउँपालिका वडा न २ वडा कार्य समितिको बैठक सम्पन्न भएको छ । सोमवार वडा कार्य समिति सभापति पदम बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भएको हो । हिजो वडा सभापति रोकायाको अध्यक्षतामा बसेको बैठकले पार्टी कार्यालय स्थापना ले.वी सम्बन्धमा, र आगामी दिनमा पार्टीलाई कसरी सशक्त बलियो बनाउने ,पार्टी सुदृढीकरण गर्ने, नजिकिदै गरेको स्थानीय निर्वाचनमा वडामा पार्टीलाई बलियो बनाउन पुर्व तयारी गर्ने लगायतका निर्णय गरिएको वडा कार्य समितिले जनाएको छ ।वडा कार्य समिति सदस्य रोकायाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा जिल्ला समोन्न्य समिति सदस्य धन बहादुर सार्की,वडा अध्यक्ष चक्र बोहरा ,नेता डम्मर रोकाया,वडा सदस्य गोपाल रोकाया, नेता सौर्या धामी ,लगायत कांग्रेस निकट नेता कार्यकर्ताको उपस्थिती रहेको जाकारी वडा सभापति पदम रोकायाले जानकारी दिनुभएको छ ।











