काठमाण्डौः– एकता महाधिवेशनसकिएको तीन महिना नपुग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले परित्याग गरेको घोषणा गर्नुभएको छ । महाधिवेशनमा अध्यक्षको दाबेदार रहनुभएका थापा रानेन्द्र लिङ्देनसँग पराजित हुनुभएको थियो । उहाँले आफूलाइ पुर्व राजा ज्ञानेन्द्र शाहले हराउन भूमिका खेलेको बताउदै आउनुभएको थियो ।राजसंस्थालाई सर्वोपरी मान्दै आउनुभएका उहाँले पार्टी परित्याग गरेको घोषणाका साथै राजसंस्थालाइ छोड्ने संकेत गर्नुभएको छ । उहाँले राजसंस्थाको सक्रिय एजेण्डालाइ बोकेर हिड्न नसक्ने प्रतिक्रिया पनि दिनुभएको छ ।
अब उहाँले नयाँ पार्टी खोल्ने तयारी गरिरहेको बताउनुभएको छ । पार्टी भित्र आफ्नो एजेण्डा र माग सम्बोधन हुने नदेखेपछि पार्टी छोड्नु परेको सीआईएनसँग बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भने निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिनुभएको छ । सीआईएनसँग कुरा गर्दै उहाँले पार्टी भित्र थापाले उठाएका बारेमा छलफल भइरहेको भएपनि यसरी पार्टी छोड्नुले दुःख लागेको प्रतिक्रिया दिनुभयो ।