बाजुराः जिल्लाको पहिलो डिजिटल पत्रिका बडीमालिका अनलाईन खबरको तेस्रो बार्षिक उत्सव तथा खाद्यन्न सहयोग गरेको छ ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै अधिकाँश वक्ताहरुले मिडिया हाउसले सूचना र समाचार मात्र सम्प्रेषण गर्ने काम संगै समाज सेवामा गरेको योगदान को उच्च मुल्याङ्कन गरेको बताएका छन । पत्रकार लेख्ने मात्र काममा सिमित रहदैन समाजमा भएका दुखी पीडित, असहाय अशक्त नागरिकहरुमा सेवा पनि गर्दछ भन्ने सन्देश दिएको बताएका छन ।

मिडिया हाउसले तिन बर्ष सम्म गरेका कृयाकलाप र चुनौतिको सामना गर्दै आएको मिडिया हाउसका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्यायले स्वागत मन्तब्य मार्फत प्रष्ट पारेका छन । कार्यक्रम बडीमालिका नगरपालिकाको तालिम हलमा सम्पन्न भएको छ ।
बडीमालिका अनलाईन खबरबाट सम्प्रेषण गरृका समाचारका बिषयमा दुई वटा नगरपालिकाले बिज्ञप्ती निकालेको, दुइ वटा पार्टी र अन्तरपाटी महिला संञ्जालले पनि समाचार लेखेकै कारण बिरोध तथा आपत्ती जनाएको थियो । यस मिडिया हाउसले बिशेषतः खोज पत्रकारिता गर्दै आएकोले सत्य तथ्य र निश्पक्ष समाचार लेख्ने सञ्चार माद्याममा एक रहेको कार्यकारी सम्पादक पाध्यायले स्वागत मन्तब्य मार्फत प्रष्ट पारेका छन ।

वार्षिक उत्सव तथा राहत वितरण कार्यक्रमको अध्यक्षता मिडिया हाउसका सम्पादक प्रकाश सिंह रहनु भएको थियो । त्यस्तै संघिय सांसद लाल बहादुर थापा प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य राख्ने अधिकाँश बक्ताहरुले बडीमालिका अनलाइन खबरले बिगतका तिन बर्षमा समाज रुपान्तरणको संवाहक भएर आवाज विहिनका आवाजहरुको उठान गरेकोले आगामी दिनहरुमा पनि सफलताको शुभकामना ब्यक्त गरेका छन ।

शुभकामना मन्तब्य दिदै कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य एबम् संघिय साँसद लाल बहादुर थापाले बिगतका तिन बर्षमा बडीमालिका अनलाइन खबरले समाज रुपान्तरणको संवाहकका रुपमा कलम चलाएको प्रति हार्दिक धन्यबाद प्रकट गर्नु भएको छ । स्वागत मन्तब्यमा बोल्दै प्रमुख अतिथीले बाजुरा जिल्लाको विकासमा बडीमालिका अनलाइन खबरले खेलेको भुमिका सम्मानजनकका साथै परिवर्तनशिल भएकोले आफु र आफ्नो पाटीले गर्ने सहयोग गर्न तयार रहेको बताएका छन । कार्यक्रमको संचालन बडीमालिका अनलाइन खबरका सम्पादक पदम बहादुर सिंहले गर्नु भएको थियो ।

बार्षिक उत्सब तथा सहयोग वितरण कार्यक्रममा बिभिन्न मिडियामा कार्यरत पत्रकार लगायत बिभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधीहको उपस्थिति रहेको थियो ।











