बाजुरा- सुदुर पश्चिम् प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्री तथा नेकपा एकिकृत समाजबादीका नेता दीर्घ सोराडीले केपि .ओली देशकै राजनीतिज्ञहरु मध्यकै फटाह रहेको अभिव्यक्ति दिनुभएको छ । मन्त्री सोडारीले नेपाल पत्रकार माहासंघ जिल्ला शाखा बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो अभिव्यक्ति दिनुभएको हो । मन्त्री सिडारी जिल्लाको अनुगमनका लागि बाजुरा आएका हुन । मन्त्री जिल्लामा आएको अवसर जिल्ला शाखा बाजुराले जिल्लाको भौतिक पुर्वाधार बिकासको समसामयिक बिषयमा छलफल गर्नका लागि पत्रकार सम्मेलनको आयोजना गरेको थियोे । पत्रकार सम्मेलन आफ्नो धारण राख्दै मन्त्री सोडारीले बाजुराको भौतिक पुर्वाधार बिकासको सन्दर्भमा बाजुरा आफैमा सुन्दर अनि सम्भावनाको जिल्ला रहेको बताउदै प्रदेश सरकारले पनि बाजुरा जिल्लाको पुर्वाधार बिकासलाई उच्च प्रथामिकतामा राखेको बताउनुभयो । बाजुरा जिल्ला आफैमा धार्मिक एवम परेटकिय दृस्ठिकोणले सम्भावना बोकेको क्षेत्र भएकोले अव बाजुरा जिल्लाको समग्र बिकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । साथै उहाँले बाजुरा जिल्लाको भौतिक पुर्वाधार बिकास अन्तर्गत मार्तडी कोल्टी सडक खण्ड ,बडिमालिका जाने सडक निर्माण कर्णाली बेली बृज लगायतका योजनाहरु अघि सारिसकेको बताएका हुन ।
अवको तीन महिनामै जिल्लाको प्रसिद्ध धार्मिक एवम पर्यटकिय क्षत्रका नामले देशभर परिचीत बडिमालिका मन्दीर जाने सडक बिनि सम्म पिर्याउने प्रतिबद्धता गर्नु भएको छ । बाजुरा जिल्लाको पुर्वाधार बिकासका लागी आफ्नो ब्यक्तिगत र प्रदेश सरकारको तर्फबाट सधै कटिबद्ध भएर लाग्ने आश्वासन दिएर मन्त्री सोडारी आज नै फर्किनु भएको छ । मन्त्री सोराडीले बाजुरा जिल्लाको भौतिक पुर्वाधार बिकासका सवालमा बोल्दै देशको समग्र बर्तमान राजनीति गतिविधिको बारेमा समेत आफ्नो धारण राख्नु भएको थियो । बर्तमान राजनीति परिवेशको कुरा गर्दै उहाँले तत्कालीन नेकपा एमालेका अध्यक्ष पुर्व प्रधानमन्त्री समेत रहेका केपी ओलीले सत्तामा बस्नकै लागी पटकपटक अराजकताको बाटो अपनायको कटाक्ष गर्नुभयो । व्यक्तिगत स्वार्थका लागि आलीले कम्युनिष्ट आन्दोलनलाई नै ध्वस्त पार्ने गरि देशका हित बिपरित संबिधान मिच्न गथरि जनताको मर्म र भावना भन्दा बाहिर गएर स्वइच्छाकारी कदम चालेको टिप्पणी समेत गर्नुभएको हो । के .पी ओली पटकपटक सत्ता र पदको लोभले बिधि बिधान निति नियम केही नमान्ने अन्तरगतको ब्यक्ति रहेको धारण राख्नु भएको छ । मन्त्री सोराडीले के .पि ओली बिकास र सवृद्धिको बाधक बनेको र देशलाई राजनीति अस्थिरता धकेल्न खोजेको आरोप लगाउनु भयो ।
मन्त्री साेराडीले ओलीकै अराजकता र अहम्ताका कारण नेकपा एमाले पार्टी बिभाजनको संघारमा पुगेको पनि उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा उहाँले अवको बैशाख ३० मा हुने स्थानीय चुनावमा आफुहरु गठबन्धनको तर्फबाट बहुमतका साथ चुनाव जित्ने दावी गर्नुभएको छ । के . पि ओलीको जस्तै अहमताको भावना सवै दलका नेताहरूमा हुने हो भने साच्चिकै देशले कहिले निकास नपाउने र देशलाई बिकासको गतिमा अगाडि बढाउन नसकिने उहाँकोे थम्माई छ । कुरा मात्र गरेर काम नगर्यो भने देशलाई बिकास र सवृद्धिको यात्रा तयार गर्न नसकिने उहाको बुझाई छ । कुनैपनि राजनीति दलका नेताहरूले कुरा मात्र होइन व्यवाहारमा पनि लागू गर्न सकेमा जनताहरुका माझ गरिएको प्रतिबद्धता र दिएका आश्वासन पूरा गर्न सकेमा मात्र जनताले बिश्वास गर्ने गर्छन् भन्ने कुरामा पनि उहाँले जोड दिनु भएको छ ।
साथै उहाँले देशभर एस समाजबादकाे यात्रामा अगाडी बढिरहेकाे बताउदै देशकाे सुशासन, बिकास र सवृद्धि सहितकाे संकल्पलाइ आत्मसात गर्दै कमयुनिष्ट आन्दोलको रक्षा र नेपालीस् जनताको सुखको सहयात्री बन्ने प्रयत्नका साथ यात्रा गिररहेकाे खुलस्त पार्नुभयाे । यतिवेला सवैकाे बहसकाे बिषयकाम रूपमा रहेकाे अमेरीकी सहायता मिलिनियम च्यालेन्ज कर्पाेरेशन एमसिसीकाे बिषयमा भने मन्त्री सोराडी बिपक्षमा देखिएका छन्र । नेकपा एकिकृत समाजबादीले जनताकाे हित बिपरित कुनै पनि काम नगर्ने संकल्पका साथ अगाडी बढिरहेकाे हुदा याे पास हुनुहुदैन भन्ने पक्षमा एस रहेकाे र पास नैगनेर्उ हाे भने संसाेधन गरेर मात्र पास गर्नुपर्ने उहाँकाे भनाइ छ । यतिबेला यता नेकपा एमालेले भने पाँच दलिय गठबन्धक के. पि ओलिको सवृद्ध नेपाल सुखी नेपालीको सपना सहितको सवृद्धिको यात्राको बाधक बन्न, बिकास र सवृद्धिका बिरुद्ध गरिएको आरोप लगाउदै आएको छ । बर्तमान समय राजनीति दलका नेताहरूले एक अर्काको आलोचना गर्ने क्रम बढेको छ । एक पार्टीले अर्को पार्टीलाई आरोप प्रत्यारोप लगाउने कार्य भैरहेको छ ।