युनिकोड    राशिफल    एफएम रेडियाे                        
259 पटक पढिएको

बाजुरा– सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दिर्घबहादुर सोडारीले बिदेशी लगानी नेपालमा भित्याउनु पर्ने बताएका छन् । सुक्रबार पत्रकार सम्मेलन कार्यक्रममा बाल्दै मन्त्री सोडारीले यस्तो बताउनु भएको हो ।नेकपा समाजवादीका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री सोडारीले एमसिसिको बिषयमा आफ्नो पाटी संग धारण नमिल्ने समेत बताएका छन् । आफु चाहीँ बिदेशी सहायता बढाउनु पर्छ भन्ने पक्षमा रहेकाले आफ्नो धारण पाटी संग नमिल्ने पत्रकार सम्मेलनमा बताएका हुन ।

पत्रकारले एमसिसि पास हुन्छकी भन्ने प्रश्नमा मन्त्री सोडारीले यस्तो जबाफ दिनुभएको हो । यो भन्दा पहिला एमसिसि भन्दा ठुला बिदेशी लगानी नेपालमा भित्रिएका हुन भने एमसिसि पनी नेपालमा भित्रिनु पर्ने मन्त्री सोडारी बताएका छन् । आफ्नो समाजबादी एस पाटी एमसिसिको बिरुद्धमा भएपनी आफु यसको बिरुद्धमा नरहेको समेत उनले भने । त्यस्तै पत्रकारले गठबन्धन सरकार टिक्छ भन्ने प्रश्नमा उहाँले केन्द्रको सरकारको गठबन्धनले प्रदेश सरकारमा कुनै असर नपारेको बताएका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघ बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा समाजवादी ठुलो दल भएकाले काँग्रेससंग कुनै सम्बन्ध नरहेको समेत प्रतिक्रिया दिएका छन् । मन्त्री सोडारीले केपी ओलीले गरेको निरंकुशवाद र अराजकताका विरुद्धका ९ वटै जिल्लामा संगठनका गतिविधी बढाउने गरी पार्टी लागेको पत्रकार सम्मेलनमा भने । ओलीको घमण्डका कारण पार्टी फुटेको मन्त्री सोडारीले आरोप लगाए ।

अबको तीन वटै तहको निर्वाचनमा नेकपा समाजवादी बहुमत ल्याउने दाबी मन्त्रीको छ । प्रदेश सरकारले सबै जिल्लामा न्यायिक रुपमा विकास निर्माणका कार्यलाई तिव्रता दिदै जाने बताउनु भयो । हरेक जिल्लाको प्राथमिकताका आधारमा विकासका कार्यमा निरन्तर रुपमा लाग्ने सम्मेलनमा मन्त्री सोडारीले प्रतिवद्धता गरे ।

प्रदेश सरकारका गौरवका आयोजना मार्तडी–कोल्टी,मार्तडी–घटमुना,बल्दे आटिचौर लगायतका सडक तत्काल निर्माण गरी सुचारु गर्ने गरी काम भइरहेको मन्त्री सोडारीले बताए । नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दिर्घ सोडारी प्रमुख अतिथी रहेका थिए । भने कार्यक्रममा जिल्ला स्थीत पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!