युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
269 पटक पढिएको

धनगढीः बैतडीमा एउटा बरकुराली नामको गाउँ छ । पश्चिम नेपाल एकिकरणमा बैतडीका राजाधिराज झुली चन्द र गोर्खाली फौजबीच समझदारी गराई सहयोग गरेबाफत सो क्षेत्र (दुर्गाभवानी) बरमनाथ योगीले विर्तामा प्राप्त गरेको भन्ने कथन रहिआएको छ। सोही ठाउँका गणेश नाथ नेपाली सेनामा जमदार थिए । बैतडीको दशचन्द नगरपालिका–३ मा पर्ने उक्त गाउँका उनले २४ वर्ष नेपाली सेनाको जागिर खाएका थिए । २०२८ सालमा भर्ना भएका उनले २०५२ सालमा अवकास पाएका थिए । उनको एउटै सपना थियो, देशप्रति समर्पित भएर सेवा गर्ने ।

अहिले उनको त्यो लक्ष्यलाई छोराहरुले निरन्तरता दिइरहेका छन्। गणेश नाथका ४ छोरा छन्। नरेश, राम, लक्ष्मण र दिलीप। राम र लक्ष्मण जुम्ल्याहा हुन् । ‘२४ वर्ष बुवाले फौजीको जागिर खाएर छातीभरी तक्मा लाउँदै जमदार पद पाए’ राम नाथ भन्छन्, ‘उहाँले तिमीले पनि फौजी बन्नुपर्छ भन्नुहुन्थ्यो। हामी पनि १८ वर्ष कहिले पुगिन्छ भनेर दिन गन्दै बस्थ्यौं ।’

पढाइकै सिलसिला चलिरहँदा जेठो दाई नरेश सेनामा भर्ना भएको उनले सुनाए । ‘२०६२÷६३ को माओवादी जनआन्दोलले गाउँमा साह्रै दुःख पाइयो। दाई कक्षा १० मै पढाई छाडेर सेनामा गएको थियो’ राम सम्झँदै भन्छन्, ‘द्वन्द्वको कारणले आमाको भित्री मन दुखे पनि बाहिरी मनमा हर्ष हुन्थ्यो । हामी पनि दाइ आर्मी भएको देख्दा खुसी हुन्थ्यौं ।’ उनका अनुसार ३१ वर्षीय जेठो दाई नरेश २०६२ सालमा नेपाली सेनामा भर्ना भएका थिए। अहिले उनी हेटौंडामा कार्यरत छने । यस्तै जुम्ल्याहा भाई राम र लक्ष्मण २९ वर्षका भए। काठमाडौंमा कार्यरत राम सेनामा भर्ना भएको ८ वर्ष भयो भने जनकपुरमा कार्यरत लक्ष्मणले विगत १० वर्षदेखि सेनामा जागिर खाइरहेका छन् । यस्तै कान्छो भाई २५ वर्षीय दिलीपले पनि हालै सेनामा नाम निकालेर भर्ना भएका छन् ।

आफूहरुलाई बुवा गणेश नाथले नै सेनामा जागिर गर्न प्रेरणा दिएको बताउने राम सधै देशको सेवा गर्न चाहन्छन् । ६ पटकसम्म सेनाको परीक्षामा फेल भएका उनले सातौं प्रयासमा नाम निकालेका थिए। ‘मेरो जुम्ल्याहा भाई लक्ष्मण पनि ३ पटक फेल भएको थियो ।
जुन ठाउँमा नेपाली सेनामा भर्ना खुल्थ्यो त्यहाँ फर्म भर्न जाने उनी निराश हुँदै घर फर्कन्थे। सेनामा जागिर खान नसकिने सोच आएपछि राम २ पटक रोजगारीका लागि भारत गएका थिए । ‘दोस्रो पटक भारत जाँदा मनले मानेन । अब पुनः प्रयास गर्छु भनेर गाउँ फर्के’ आफ्नो संघर्षको कथा सुनाउँदै राम भन्छन्, ‘सयौं चोटी हारे पनि एक चोटी अवश्यक जित्छ भनेझै मैले पहिलो पटक प्रयास गरेको जनकपुर गएको थिए। जहाँ म पहिले हारेको थिए, त्यहाँ अन्तिम पटक जितियो ।’
उनी युवाहरुलाई विदेशको हण्डर खानुभन्दा नेपाली सेनामै काम गर्न सुझाव दिन्छन् । राम नाथ भन्छन्, ‘म आफ्नो पेसाप्रति गर्व गर्छु । आफ्नो देशको सेवा गर्न पाउनु, आफ्नै माटोमा काम गर्न पाउनु सौभाग्य हो ।’ सिपको कदर गर्ने मानिस नै सर्वश्रेष्ठ हुने उनी ठान्छन् । ‘मेरो बुवाले भन्नुहुन्थ्यो बुवाआमाले बनाएको घर र आफुले आर्जन गरेको सिपको जसले कदर गर्छ उ श्रेष्ठ मानिस हो । चोटले अचानोसरी भएको जीवन जति खारिएको जीवन अरु कुनै जीवन हुँदैन। केवल संघर्ष गर सफल त एकदिन अवश्य भइन्छ’ उनी भन्छने ।
हाल उनको परिवार कञ्चनपुरको वाणीमा बस्दै आएको छ ।
आजको दिनेश खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!