बाजुरा– नेपाली काँग्रेस जगन्नाथ गाउँपालिका– ६ का वडा सभापति कुम्भराज रावलको निधनप्रति नेपाली काँग्रेस बाजुराले दुःख व्यक्त गरेको छ । आइतबार शोक विज्ञप्ती जारी गर्दै पार्टीको एक कुशल र कार्यकर्ता गुमाएको अतुलनीय क्षति पुगेको जनाएको छ ।
पार्टी कार्यालय सचिव टेकबहादुर रोकायाद्धारा शोक विज्ञप्ती निकालिएको छ । यस्तै नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलले पनि वडा सभापतिको निधन प्रति दुःख व्यक्त गरेका छन । उनले पार्टीको एक क्रियाशिल सक्रिय कार्यकर्ता गुमाउदा पार्टी नै स्तव्ध भएको बताएका छन ।
वडा सभापति रावलको आइतबार ६२ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । रावलको निधन प्रति पार्टी र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गरेका छन ।