
बाजुरा– शुदुर साहित्य प्रतिष्ठानको आयोजनामा बुधबार प्रणय दिवसको अबसरमा गजल उडान कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको कावाल्टा स्थित निर्माणको सम्भावना बोकेको ठाँउमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बाजुरा जिल्लाका ४० जना बढी साहित्य प्रेमी तथा बिभिन्न बिधाका ब्यक्तीहरुले आफ्ना आफ्ना कृतिहरु वाचन गरेका थिए । शुदुर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमले बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापा रहनु भएको थियो । बिभिन्न बिधामा योगान गर्नुहुने अग्रज साहित्यकारहरु बिशिष्ट अतिथी रहेका थिए ।

गजल प्राहार कार्यक्रममा जिल्लाका करिव दुइ दर्जन बढी श्रष्टाहरुले आफ्ना गजल, मुक्तक, कविता, सायरी र गीतहरु बाचन गरेका थिए ।
बिशेषतः बाजुरा जिल्लाका सम्भाव्य पर्यटक स्थलको संरक्षण, माया पे्रम र जिल्लाको साँस्कृतिक झल्कने कृतिहरुको प्राहार गरिएको थियो । बिशेष गरी आज प्रणय दिबस भएकोले माया गर्नु नकारात्मक प्रक्रिया नभएकोले माया गर्ने बिभिन्न तरिकाहरु भएको संन्देश उक्त कार्यक्रमले दिएको छ ।











