
बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिकामा एक्सरे मेसिन संचालनमा आएको छ । गाउँपालिकाले त्यहाँका गरिव स्थानीयलाई उपचार गर्नमा सहजता होस भनेर एक्सरे मेसिन संचालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आफ्नै लगानिमा भिडियो एक्सरे र ल्याव सेवा यस भन्दा अघि नै संचालनमा ल्याइसकेको थियो ।
जगन्नाथ गाउँपालिकाले आफ्नो गाउँपालिकामा दिन प्रतिदिन विकासका कामहरु अगाडि बढाउँदै आइरहेको छ । जगन्नाथ गाउँपालिकाको जुड्डीमा संचालन भएको एक्सरे मेसिनको गाउँपालिका अध्यक्ष काली बहादुर शाही द्धारा उद्घाटन गरिएको हो ।
गाउँपालिका बाट सेवा लिनेहरुले दाँतको चेक जाँच र अप्रेसन २५ जना,बालबालिकाको पोषण सम्बन्धी चेकजाँच १० ,भिडियो एक्सरे ३९ जना लगाएतले सेवा लिएको गाउँपालिका रोजगार संयोजक लक्षमण जोशीले बताए ।
किनारा न्युजबाट साभार











