
काठमाडौं –आज (बुधबार) दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको छ। संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको थिएन।
बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन सकिने बताइएको छ। आजको बैठकमा एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ। सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ।











