
बाजुरा – जिल्लाको बुढिगंगा नगरपालिका नगरपालिका वडा न. १० स्थायी घर भएका युवा बिद्यार्थी नेता रुगम रावलले लोकतन्त्रमा जनमत र जनभावनाको कदर हुनुपर्ने बताएका छन् । उनले भने लोकतन्त्रमा जनमत र जनभावनाको कदर हुनुपर्छ । जनमत र जनभावना बिपरित कांग्रेसले एमसीसी टेवुल गर्छ भने हामी लोक्तान्त्रिक पार्टीका कार्यकर्ता भन्ने कि के भन्ने अव जनताहरु मा रहेको भ्रम चिरेर समस्या समाधान गर्ने हिम्मत कांग्रेसले गर्नुुपर्छ । कांग्रेस नेपाली जनताको पार्टी हो जनताको जनभावना बिपरित कांग्रेसले कुनै कदम चालेको छैन र चाल्न पनि हुदैन । पहिलो कुरा जनताहरुमा फैलिएको भ्रम बारेमा जनताहरुलाई सुझाउन आवश्यक रहेको उनकोे भनाई छ ।
यही अवस्थाम एमसीसी टेवुल गर्ने हो भने नजिकिदै गरेको संघिय निर्वाचनमा कांग्रेसलाई खतरा हुन सक्ने उनको अनुमान छ । एमसीसीको जनताले नेपाली कांग्रेसलाई बिश्वास गर्ने आधार न्युन रहेको पनि उनले बताए । आफैले स्थानिय तहको मिति सार्वजनिक गरको कांग्रेसले चुनाव लक्षित कार्यक्रम गर्नुको साँटो देशको जनतामा बिच पुगिसकेको मुद्धामा नअल्झन समेत उनले सुझाव दिएका छन् । एमसीसीको बिषयमा यतिवेला चौतर्फि बिरोध प्रदर्शन संगै सवैको चासोको बिषय बनेको वेला रावलले भने केही बुढाहरु संसोधन गरिएमा आफु एमसीसीको पक्षमा रहेको बताए । उनि केही बुढाहरु संसोधन नगरि र जनताहरुमा रहेको एमसीसी प्रतिको बुझाइमा जनता प्रष्ट नभएसम्म पास हुनुहुदैन भन्ने पक्षमा उभिएका छन् । सर्वसाधारण जनताको एमसीसी प्रतिको बुझाइले राजनिति तरङ्ग ल्याउन सक्ने पनि उनको ठम्याई छ । एमसीसी पास नै हुनुहुदैन भन्ने पक्षमा भने रावल देखिदैनन् । को बिचमा लगेर कांग्रेसले सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने सरकारले तयारी गरेको भएतापनि जनताको जनभावना बिपरित टेवुल गर्न नहुने बताएका छन् । एमसीसीको बिषयमा नेपाली जनता स्पष्ट नहुदै पास गर्न नहुने उनकोे भनाई रहेको छ ।केही आफुलाई सामाजकि अभियान्ता भन्दै उफ्रनेहरुले फैलाएको एमसीसी बारेको भ्रमात्मक अभिव्यक्तिहरुले सर्वसाधारण जनताहरु यसको बिषयमा अन्योलमा रहेको उनको बुझाई छ ।
यतिवेला नेपाली कांग्रेसको सरकार भएकै वेला जनताको जनभावनालाई कुल्चेर जनताकाे हित विपरित रहेकाे भन्दै चर्चामा रहेकाे संसदबाट पास गर्ने पक्षमा कांग्रेस आफै लागिपर्न नहुने उनले बताए । सर्वाधिक चर्चा र विवादित बनेको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी गरेको छ । मंगलबार नै बसेको काँग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो । यता काँग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको बताएको छ । नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको काँग्रेसको ठहर छ ।तर एमसीसीको पक्षमा सत्तारुढ दल नेकपा माओवादी, एकीकृत समाजवादी पार्टीकाे संसाेधन गरेर मात्र पास गर्नसकिने पक्षामा छन्र । अधिकांस युवा पिडितहरु भने एमसीसीको बिरुद्धमा सडक आन्दोलमा उत्रिएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द गरेका छन् । अहिले पनि काठमान्डाैँकाे नया बानेश्वर लगायतका क्षत्रहरूमा आन्दोलमा जारी छ । कुनै पनि हालतमा एमसिसि पास हुन नदिने आन्दोलनकारीहरूकाे भनाइ छ ।











