
काठमान्डाैँ- प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट ब्याक भएको बताइएको छ। बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन्।
सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निर्णय गरेको थियो। जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाटै बाहिरिने माओवादीले निष्कर्ष निकालेसँगै प्रधानमन्त्री देउवा ब्याक भएका हुन्।
यस्तै आज एमसीसी टेबल नहुने बताइएको छ। भोलि गठबन्धनको बैठक बस्ने र सहमतिका लागि अधिकतम पहल गर्ने निर्णय भएको बालुवाटारनिकट स्रोतले बताएको छ। एमसीसीबारे छलफल गर्न विहीबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने जनाइएको छ।
श्राेत दिनेश खबर











