
बाजुरा- जिल्लाको स्वामिकार्तिक गाउँपालिका वडा न ४ वाई निवासी लालचन्द्र धामीलाई साहित्यकार, सामाजिक अभियान्ता एवम महाधिवेशन प्रतिनिधि नेतृ रिता शाहीको पहलमा उन्नत जातका तीन बाख्रा सहित रु १ लाख ५२ हजार बराबरको राहत सामाग्री बितरण गरिएको छ । बिगत लामो समय देखि सामाजिक सेवामा तलिन शाहीको पहलमा राहात सामाग्री बुधबार एक औपचारिक कार्यक्रमका बिच बितरण गरिएको हो ।
अभियान्ता तथा शाहीका अनुसार निज लालचन्द्र धामी रोजगारीको सिलसिलामा भारत गएका थिए । सपरिवास सहित भारत गएका उनकी श्रीमति भारतमै बेपत्ता भएपछि आफ्ना छोराछोरीलाई ल्याएर घर फर्केका थिए । श्रीमती बेपत्ता भएपछि चार जना छोराछोरीहरु बिचल्लीमा छन् । उनी संग नत बस्ने घर छ न त कमाई खाने जग्गा जमिन नै उनको घरको अवस्था निकै दयनीय छ । उनको घरको आर्थिक अवस्था दयनीय छ भन्ने खबर सुने पश्चात् शाहीकै पहलमा यस अघि पनी धामीलाई सहयोग गरिएको थियो । नेपाल सरकारका पुर्व सचिव भिम उपाध्याको समन्वय र बिदेशमा बस्ने धेरै सहयोगी दाताहरूको सहयोगमा राहात संकलन गरि धामीलाई तीन वटा उन्नत जातका बाख्रा सहित रु ७५ हजार बराबरको को खाद्यान्न, लुगा कपडा,भाडाकुडा , र रु ७२ हजार नखद निज लालचन्द्र धामीको राष्ट्रिय बाणिज्य बैंकमा खाता खोली धामीकै खातामा जम्मा गरिदिएको शाहीले बाताएकी छन् ।

साहित्यकार समाजसेवी र नेपाली काङ्ग्रेसकि महाधिवेशन प्रतिनिधि समेत रहीकी नेतृ शाही पछिल्लो समयमा राजनीतिमा लागे देखि अझ सक्रिय देखीएकी छन् ।निरन्तर समाजसेवा तलिन शाहीको सामाज प्रतीको लगाव थप बढेको देखिन्छ ।शाही बाजुरा जिल्लाका दुर दराजमा रहेका खान लाउन नपाएका दुखी पीडितको घरदैलोमा पुग्ने गरेकी छन् । खान लाउन, र उपचारको अभावमा दिन गुजारीरहेका बाजुरेली बासिहरुको दुखेका घाउहरुमा मलम पट्टि लगाउन शाही निरन्तर सक्रिय छिन् । कतिपय अनाथ टुहुरा अपांग, बिदुवा, अशक्त बेसाहारा बर्गहरुको साहारा बन्दै आएकी छन् । जसको जति धेरै प्रसंसा गरेपनि पुग्दैन । बाजुरेली जनताको मन मुटुमा बस्न सफल शाहीको राजनीति संग संगैको समाजसेवाले सवै राजनीतिज्ञ हरुले वास्तमा नेतृत्व गरिसकेपछि जनताको सेवक बन्न सक्नुपर्छ भन्ने कुरा स्मरण गराएको पाइन्छ । पछिल्लो समयमा जतिसुकै राजनीति गर्ने ब्यक्तिहरु भएतापनो नेतृ शाहीको जस्तै मनकारी भावना भने जोकोहीमा भेटिदैन । शाही मानवतावादी चिन्तन र बिकास वादी चिन्तन भएकी नेतृका नामले परिचीत छीन ,।

शाहीले जिल्ला भित्रका दुखी पीडितको सेवामा मात्र समर्पित छैनन् । जुनसुकै ठाउँको दुखी पीडित होस सवैलाई समान ठान्छिन। र जिल्ला बाहिरका पनि थुप्रै दुखी पीडितहरुको दुखेका घाउहरुमा मलम लागाइसकेकी छन् । बाजुरामा राजनीतिमा तलिम राजनीतिज्ञहरुका लागि शाही एक उद्घारणीय नेतृका रुपमा लिने गरिन्छ । अझै निरन्तर समाज सेवा गरिरहने शाहीको धोको छ । दुखी पीडितहरुको सेवा गर्न पाउनु आफ्नो ठूलो अवसर पाएको अनुभुती हुने गरेको शाहीले बताइन् ।आगामी दिनहरूमा पनि सदा जनताको सेवामा नै समर्पित हुने शाहीको भनाई रहेको छ । बुधबार स्वामिकार्तिक गाउँपालिका वडा न . ४ का वडा अध्यक्ष कासीराम कैलीको अध्यक्षतामा संचालन भएको सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अथिती साहित्यकार समाजसेवी एवम् नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि समेत रहेकी नेतृ रिता शाही रहनु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कमल बुढा , नेपाली काङ्ग्रेस प्रदेश ख का सचीव जनम धामी,विभिन्न पार्टीका पार्टी प्रतिनिधि लगायत सर्वसाधारणको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन प्रदेश(ख) पार्टी सचीव जरम धामीले गर्नुभएको थियो ।पिडित धामीले नेतृ शाही र सहयाेग गर्ने सहयाेगी दाताहरूलाइ धन्यवाद समेत दिएका छन्र ।











