
बाजुरा– बुढीगंगा नगरपालिकामा लगाइएको ताला ४ दिन बिति सक्दा पनि खोलिएको छैन । बुधबार जिल्लाका बिभिन्न मिडियाका पत्रकारहरुलाई नगरपालिका मै बोलाई ताला लगाएको र सेवा नपाए ताला नखोल्ने भनी नगरपालिका भित्रका वडा अध्यक्षा र स्थानियहरुले पत्रकारलाई नगरपालिका मै बोलाएर गुनासो गरेका छन । नगरपालिकाका वडा अधयक्ष र स्थानियहरुले लगाएको ताला नखोलिदा सर्व साधारणलाई सेवालिन थप समस्या परेको छ ।

नगरपालिकाका कार्यकारी प्रमुख प्रेम महर्जन सरुवा भएर गएको लामो समय बिति सक्दा पनि प्रमुख नहुदा सेवा नपाएको भन्दै स्थानिय र वडा अध्यक्षहरुले नगरपालिकामा ताला लगाएको थियो । नगरपालिकाका मेय दीपक शाह काम बिशेषले देश बाहिर गएकोले कार्यबाहक उप मेयर तारा खातीलाई दिइएको थियो । कार्यकारी सरुवा भएर गए पछि नयाँ कार्यकारी ल्यााउन नगर समितिको बैठक बसेर नयाँ कार्यकारी ल्याएको नगर उप प्रमुख खातीले बताएकी छन ।

यता नगरपालिका भित्रका वडा अध्यक्षहरुले भने आफुहरुलाई नबोलाई अबैधानिक रुपमा किर्ते हस्ताक्षर गरेर गोप्य रुपमा निर्णय गरेर मन्त्रालय पठाएको बताएका छन । स्थानिय बुद्वीजिवी तथा सबर्व साधारणहरुले पनि नगरपालिकाले एकलौटी कार्यपालीकाको उपस्थिति कोरम नपुर्याएर बैठक बसालेर मनोमानी आफ्नो सम्पर्कको कार्यकारी ल्याउनने प्रयास भएको आरोप लगाएका छन ।

वडा अध्यक्षहरुको उपस्थिति बिना २० जना नगर समितिका पदाधीकारी मध्य ११ जनाको उपस्थितिमा मात्र बैठक संचालन गर्नु पर्ने प्राब्धान भएता पनि ८ जनाको हस्ताक्षर गरी निर्णय गरेको पनि बताएका छन । केही वडा अध्यक्षहरुले भने आफुहरुलाई जानकारी नै नगराएर गोप्यरुपमा किर्ते हस्ताक्षर गरी मनमर्जी निर्णय गरेर मन्त्रालय पठाएकोले आफुहरुले ताला नखोल्ने बताएका छन ।

उता उपमेयर तारा खातीले भने मेयर काम बिशेषले देश बाहिर गएकोले सबैको उपस्थितिमा जुम मार्फत बैठक बसालेर निर्णय पारित गरेको दावी गरेकी छन । जुम बैठक मार्फत नयाँ कार्यकारी ल्याँउने निर्णय भएकोले आफुले मेयर दीपक शाहले भने बमोजिमको काम गरेको बाँकी कुरा मेयर संगनै सोध्नु पर्ने बताएकी छन ।

जिल्ला स्थिति बिभिन्न मिडियाहरुका पत्रकारहरुसंग पत्रकार सम्मेलन गरी लामो समय सम्म लगाइएको ताला खोल्ने बिषयमा भने भोली नै कार्यपालिकाको बैठक बसेर कार्यकारी बिहिन नगरपालिका रहन नदिने गरी नियमित जनताहरुको सेवा प्रबाह गर्ने वडा अध्यक्ष र उप प्रमुख खाती बिच मौखिक सल्लाह भएको छ ।











