
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको अध्यक्षतामा आजबाट गाउँपालिकाको केन्द्र धुलाचौरमा नवौं हिउँदे सभा सञ्चालन भएको हो । हिँउदे सभामा गाउँपालिकाले २०७४ साल देखि हाल सम्म भए गरेका विभिन्न योजना लगायतका कार्यको जानकारी दिँदै एैन नियम तथा नियमावली पनि पारीत गरेको जनाएको छ ।

विभिन्न वडाका वडा अध्यक्षले प्रस्तुत गरेका नौं वटा एैन गाउँ सभाले पारित गरेको छ । आजबाट सुरु भएको गाउँ सभामा गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष, गाउँकार्यपालिकाका सदस्य, विभिन्न शाखाका प्रतिनिधि लगायत स्थानीयको सहभागिता रहेको छ । गाउँपालिकाका अध्यक्ष मल्लले व्यानर वाचन गरेर उद्धाघाटन गर्नु भएको थियो ।











