युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
466 पटक पढिएको

बाजुरा –जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा . ३ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीयहरु वडा कार्यालयमा सेवा लिन जादा वडा अध्यक्षले सेवा लिन गएका सेवा ग्राहीहरुलाई मधिरा सेवन गरि गाली गलोच र कुटपिट गरेको भन्दै वडा सदस्य द्वारा तालाबन्दी गरिएको हो ।

शुक्रबार स्थानीयहरु वडा कार्यालयमा प्रधानमन्त्री स्वरोजगारको फर्म भर्न गएको वेला समान्य बिवाद हुदा सोयम वडा अध्यक्ष दिपक रावतले जथाभावी गाली गलोच संगै अपशब्द प्रयोग गरि विभिन्न आरोप प्रतिआरोप लगाएर कुटपिट गरेपछि वडा कार्यालय तालाबन्दी गरिएको सोही वडाका वडा अध्यक्ष तुल बहादुर खड्काले जानकारी दिनुभयो । वडा कार्यालय ताला पनि वडा सदस्य खड्काले नै लगाएका हुन । वडा सदस्य खड्काका अनुसार प्रधानमन्त्री स्वरोजगारको फर्म भर्न आफ्नो छोरा बिनोद खड्का र अर्को चक्र सार्की गएका थिए । वडा अध्यक्षको कुटपिटबाट स्थानीय चक्र सार्की घाइते समेत भएको बताइएको छ । सार्कीको टाउकोमा चोट लागेको छ ।

वडा अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले पटकपटक यस्ता अनैतिक कार्य गर्दै आइरहनु भएको छ । हामी धेरै पटक चुप लागेर पनि बस्यौं । धेरै पटक यस्ता गल्ती काम दोहोराउनु भयो ।गाउँपालिकालाई मधिरा निषेधित क्षत्र बनाइएको छ । वडा कार्यालयको घेरा भित्र वडा अध्यक्षले मधिरा सेवन गरि सेवा लिन आएका सेवा ग्राहीलाई गाली गलोच संगै कुटपिट गर्नु कति सम्मको अन्याय हो । सोयम मलाई समेत विभिन्न आरोपहरु लगाउनु भएको छ ।त्यसकारण म आफै वडा कार्यालयमा ताला लगाउन बाध्य भए वडा सदस्य खड्काले भन्नुभयो ।

वडा अध्यक्ष जस्तो जिम्मेवार ब्यक्तिले सार्वजनिक ठाउँमा गाली ग्लोच गरि सेवा ग्राहकलाई कुटपिट गरेको हुदा वडा अध्यक्ष विरुद्ध सार्वजनिक मुद्दा हाल्ने तयारी भैरहेको पनि वडा सदस्य खड्काले बताउनु भयो ।अध्यक्ष रावतलाई कडा भन्दा कडा कानुनी कारवाही नभए सम्म वडा कार्यालयमा ताला बन्दी जारी राखने पनि वडा सदस्य खड्काको भनाई रहेको छ । एता वडा अध्यक्ष रावतलाई फोन गरेर बुझ्दा सामान्य बिवाद भएको र कुरै नबुझी तालाबन्दी गरेको  बताउनुभयो ।एमाले खप्तड छेडेदह पालिकाका प्रतिभासाली नेताका नामले परिचीत नेता रावतले पटकपटक मदिरा सेवन गरेर एकपछि अर्को गरि निन्दनीय कार्य गर्दै आइरहेका छन् । नेता रावत यस अघि पनि मदिरा सेवन गरेर हहोल्ला गरेको भन्दै प्रहरीको थुनामा समेत परेका थिए । यस अघि पनि मदिरा सेवन गरेर स्थानीयको खुट्टा समेत भाचेका रावतले फेरि अर्को गल्ती दोहोर्‍याएका छन् । वडा अध्यक्ष जस्तो जिम्मेवार ब्यक्तिले पटकपटक मदिरा सेवन गरेर यस्ता गल्ती दोहोर्‍याउनु समग्र वडा वासिका लागि लज्जास्पद बिषय नभएको स्थानीयहरुको बुझाई छ । अव आसन्न संघीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिन्छु भन्दै होमिएका रावतले पटकपटक यस्ता अनैतिक कार्य गर्नुले उनको राजनीति जीवन कतातिर जाला त ? के फेरि पनि जनताले रावतलाई बिश्वास गर्लान त ? यस्ता प्रकारका अनैतिक कार्य गर्नेलाई नै नेतृत्व पाउलान् त ? यी यावद प्रश्न खडा हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!