युनिकोड    राशिफल    एफएम रेडियाे                        
345 पटक पढिएको

जिल्ला प्रहरी कार्यालय बाजुरामा दलित सेल डेस्क स्थापना
बाजुरा — जिल्ला प्रहरी कार्यालय बाजुरामा दलित सेल (डेस्क) स्थापना गरिएको छ । बाजुरा जिल्लाका दलित समूदायका पिडितहरुको न्यायमा सहज पहुँच गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाजुरामा दलित सेल (डेस्क) स्थापना गरिएको प्रहरी प्रमुख चर्तुभुज ओझाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराले आज एक अन्तरिक्रया कार्यक्रम गरेर प्रहरी कार्यालय भित्र स्थापना गरिएको दलित सेल ९डेस्क० को भुमिका, काम र कर्तव्यका बारेमा बाजुरा जिल्लाका दलितका अगुवाहरुलाई जानकारी गराएको हो ।
अन्तरक्रिया कार्यक्रममा प्रहरी कार्यालय भित्र दलित सेल ९डेस्क० स्थापनापछि यहाँका दलित समुदायका पिडितलाई समन्वयरसहयोग, अनुसन्धानमा सहजीकरण, दलित माथि हुने हिंसा न्युनिकरण र दलित हकहितको संरक्षण गर्न दलित सेल डेस्कको मुख्य भुमिका रहने प्रहरी प्रमुख ओझाले बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा दलित अगुवाहरुले जिल्ला प्रहरी कार्यालय बाुरामा दलित सेल डेस्क स्थापना भएपछि बाजुरामा दलितका घटनाहरुको वास्तविक अनुसन्धान र पिडितको आवश्यकताको पहिचान गरी पिडितहरुको न्यायमा पहुँच हुने आशा व्यक्त गरेका थिए ।
दलित सेल डेस्कले बाजुरामा दलित माथि बढी हिंसा र विभेद् हुने स्थान, समुदाय, पिडक पिडितको तथ्याकं संकलन गरी लक्षित समूह पहिचान गरेर हिंसा हुनुको मुख्य कारण पत्ता लगाई नियन्त्रण गर्न महत्वपूणर् भुमिका खेल्ने आशा गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा दलित सेल डेस्कको काम र कर्तव्य दलित सेल डेस्कको भुमिका बारे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख चर्तुभुज ओझाले जानकारी गराएका थिए । त्यस्तै कार्यक्रममा दलित समुदायसंग जोडिएका कानुनहरुको बारेमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरिक्षक नारायणसिंह नेगीले जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाजुराको सभाहलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले बाजुराका प्रचार विभाग प्रमुख तथा दलित अगुवा काँशी विक, नेपाली काँग्रेसका दलित अगुवा कौशल विक, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मानबहादुर विक, वैज्ञानिक समाजवादी पार्टी बाजुराका सचिव प्रेमबहादुर विक, दलित अधिकारकर्मी गोरख सार्की लगायत ५० बढी दलित अगुवा महिला र पुरुषको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!