
बाजुरा– बडीमालिका नगरपालिका वडा नं. ८ मा रहेको जनप्रकास आधारभुत बिद्यालयको जिल्लाका सरोकारवाला निकायहरुबाट छड्के अनुगमन गरेका छन । अनुगमनका क्रममा बिद्यालयमा शिक्षकहरु समयमा नआउने गरेको पाइएको छ । जिल्लाबाट गएको टोलीले अनुगमन गर्दा १० बजेर १५ मिनेट समय बिति सक्दा पनि कार्यलय सहयोगी बाहेक कुनै पनि शिक्षक उपस्थिति नभएको पाइएको छ । बिद्यालयमा छड्के जाँचका लागि अनुगमन टोली आएको गोप्य सूचना पाए पछि बिद्यालयका प्रधानाध्यापक प्रकास अयडी बिद्यालयको युनिफम बिना नै हतारहतारमा बिद्यालय आएका थिए ।

२५ जना मात्र छात्र छात्रा अध्यायनरत रहेको सो आधारभुत बिद्यालयमा कक्षा ३ सम्म अध्यायन भैरेको छ । एक जना स्थायी दरबन्दी, एक राहत दरवन्दी, एक बालबिकास केन्द्रकी शिक्षका र एक बिद्यालय कर्मचारी रहेको सो बिद्यालयको भौतिक अबस्था पनि निकै नै जिर्ण रहेको पनि पाइएको छ । बडीमालिका नगरपालिकाले नगर पालिका भित्रका २५ वटा बिद्यालयमा स्मार्ट टिभि मार्फत अध्यायपन सूरु गरेकोले सो बिद्यालयमा पनि बिद्यार्थी केन्द्रीत बिधिको प्रयोग गर्दै श्रब्य दृष्य सामाग्रीको प्रयोग गरेर पठनपाठन गर्दै आएको पाइएको छ । उपयूक्त शैक्षिक सामाग्री र उचित कक्षकोठाको व्यबस्थापन भएको भएता पनि बिद्यालयको भवन भने निकै नै जिर्ण रहेको छ ।

बिद्यालयको शैक्षिक गुणस्तरमा बृद्वी नहुनुमा सबै शिक्षकहरु स्थानिय भएकाले बिद्यालयमा समय अनुसार उपस्थिति नहुने र दैनिक हाजिर पनि नगर्ने गरेको पाइएको छ । शिक्षकहरुको लापरवाही केकति कनि भयो भनेर प्रधानाध्यापकलाई सोध्दा एकान्तमा रहेको बिद्यालय भएकोले कोही पनि अनुगमनमा आउने नगरेकोले कहिले काँही यस्तो गल्ती हुने गरेको भएता पनि आगामी दिनहरुमा नियमित समयमा बिद्यालय आँउने प्रधानाध्यापक अएडीले बताएका छन । नगरपालिकाले शिक्षकका लागि शैक्षिक पोषाक भत्ता दिएको भएता पनि शिक्षकहरुले पोषाक बिना नै बिद्यालय आउने गरेकोले आगामी दिनहरुमा शैक्षिक पोषक भत्ता कट्टी हुन सक्ने प्रमुख प्रसासकिय रंगमल बिकले चेतावनी दिनु भएको छ ।












