बाजुरा– जगन्नाथ गाउँपालिकामा आयुबेर्द नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अन्तर्गत जिल्ला आयुर्वेद बाजुराले संचालन गर्ने गरी केन्द्रको स्थापना गरी काम सुचारु गरिएको हो ।
सोमबार एक कार्यक्रमका बिच आरोग्य सेवा केन्द्र उद्धघाटन गरिएको हो । उद्धघाटन कार्यक्रमको अध्यक्षता जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख रंग बहादुर कार्की ले गरेका थिए । प्रमुख अतिथि जगन्नाथ गाउँपालिका अध्यक्ष तथा एमाले बाजुरा अध्यक्ष कालि बहादुर शाहि रहेका थिए । अध्यक्ष शाहिले एक कार्यक्रमका बिच कार्यालयको उद्धघाटन गर्नुका साथै सेवाहरु संचालन गरिएको पालिका रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन ।