बाजुराः– बाजुराको त्रिवेणी नगरपालिका वडा नम्मर ७ कैलाशमाण्डौमा चुनावी आमसभा तथा कार्यकता भेटघाट कार्यक्रमको आयोजना गरी सम्पन भएको छ ।नेपाली काँग्रेस वडा कार्यसमितीको आयोजनामा संचालन गरिएको कार्यक्रममा गाँउमा जाँउ काँग्रेस जिताउ अभियानलाई आत्मसाथ गर्दै त्रिवेणीका प्रत्येक वडाहरुमा यस्तो कार्यक्रमको आयोजना गरिएको काँग्रेस प्रदेश सभा (ख) क्षेत्रिय सचिव दिल बहादुर थापाले बताएका छन् । उनले भने काँग्रेसलाई नविन सोच, उर्जा र उत्साहाका साथ काँग्रेसको संगठन निर्माणको महान अभियानमा त्रिवेणी नगरपालिका चुनावी आमसभामा जुटेको बताए ।
नेपाली काँग्रेस त्रिवेणी नगरपालिका ७ नम्वर वडा कार्यसमिति सभापति डम्म बहादुर अयडीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिति पार्टी सभापति रामसिंह रावल रहेका थिए । भने विशिष्ट अतिथि महाधिवेशन प्रतिनिधि तथा त्रिवेणी नगरपालिकाका नगरउपप्रमुख राधिका सुनार रहेकी थिइन् ।
त्यस्तै कार्यक्रममा पाटीका पुर्व सचिव रनसिंह अयडी , कर्ण थापा, जिकास सदस्य गिता गिरी, जुद्ध अयडी, करिश्मा अयडी, प्रदेश सभा (ख) क्षेत्रिय सचिव दिल वहादुर थापा क्षेत्रिय प्रतिनिधी चन्द्र रावत लगायतको सहभागिता रहेको थियो ।
पुर्व जिकास सदस्य एवम् वडा अध्यक्षहरु, त्रिवेणी नगर सभापति, उप सापति, सचिव लगायत सदस्यहरु सहभागिता रहेको दिल बहादुर थापाले जानकारी दिए ।कार्यक्रमको संचालन भने नेविसंघका सहसचिव खडक अयडीले गरेका थिए । सोही कार्यक्रमको अवसरमा नेकपा माओवादि केन्द्र परित्याग गरि मनि विक र जोगि विकको नेतृत्वमा १० परिवार काँग्रेसमा प्रवेश गरेका छन् ।