
बाजुरा-नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउँद प्रहरीकाे नियन्त्रणमा रहेका छन ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक धनदेव साउँदका अनुसार साउँदले दलित समुदायका एक जनालाई अश्लिन सब्द प्रयोग गरी गाली गरेको आरोपमा पक्राउ गरिएकाे बताइएकाे छ । उनको नाममा ३ दिन पहिले एक जना दलितलाई डुम शब्द प्रयोग गरी गालीगलौच गरीएको फोन रेर्कड सहित जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी पछि उनलाई प्रहरीले पक्राउ गिरएकाे प्रहरी निरीक्षक साउँदले बताए । उनलाई जातिय छुवाछुद अन्तरगत कसुरमा मुद्धा अगाडी बढाई म्याद थप भईसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिका वडा न ५ मनाका साउँदलाइ सदरमुकाम मार्तडीबाट पक्राउ गरेको प्रहरीकाे भनाई छ ।











