बाजुरा– नेपाल फोटो पत्रकार महासंघ बाजुराको अध्यक्षमा प्रेम रौले चयन भएका छन । मंगलबार बडीमालिका नगरपालिकाको तालिमहलमा भएको नेपाल फोटो पत्रकारको पहिलो जिल्ला सम्मेलनबाट रौले अध्यक्षमा मनोनयन भएका हुन । यस अघि बाजुरामा फोटो पत्रकारको संगठन बिस्तार नभएकोले तदर्स समितिले काम गरिरहेको थियो । देशका सबै जिल्लाहरुमा फोटो पत्रकार महासंघ गठन यस अघि नै भैसकेका थिए । बाजुरा जिल्लामा पनि मंगलबार ९ सदस्यिय फोटो पत्रकारको संगठन विस्तार गरिएको छ ।
जसमा अध्यक्ष प्रेम रौले, उपाध्यक्ष सोधा बिक, सचिव लक्ष्मीराज पाध्याय, कोषध्यक्ष प्रमित बिक, सह–सचिव जय रावत सदस्यहरु प्रकाश बिक, युवराज बडुवाल तुल्सा रोकाया र मिन बहादुर खड्का मनोनयन भएका छन । नेपाल फोटो पत्रकार महासंघ गठन कार्यक्रमकाको अध्यक्षता तदर्स समितिका अध्यक्ष प्रेम रौले रहेका थिए । कार्यक्रमको प्रमुख अतिथी बडीमालिका नगरपालिकाकी उपमेयर कविता बिष्ट रहनु भएको हो ।
नेपाल फोटो पत्रकार महासंघको पहिलो जिल्ला समिति गठन कार्यक्रमका बिशिष्ट अतिथी नेपाल पस युनियनका केन्द्रीय सदस्य एबम् नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डित, प्रेस चौतारी नेपाल शुदुरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण ओली, नेपाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाश सिंह, नेपाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बसन्त बिश्वकर्मा, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष मदनराज जोशी लगायत रहनु भएको थियो । बाजुरा जिल्लाका सम्पुर्ण मिडियामा कार्यरत पत्रकारहरुको संयूक्त छाता संगठन नेपाल फोटो पत्रकारले आगामी दिनहरुमा समाचार लेखनको तथ्यलाई पाठकरु सम्म फोटाबाटै पहिचान दिन सक्ने र फोटाबाटै समाचारको भाव बुझ्न सक्ने गुणस्तरिय फोटो खिच्न अब्बल बनाउनु पर्ने अधिकाँश बोल्ने बक्ताहरुको भनाइ रेको थियो ।
फोटो पत्रकारको पहिलो जिल्ला अबिधेशनको प्रमुख अतिथीको आसनबाट बोल्दै बडीमालिका नगरपालिकाकी उपमेयर कविता बिष्टले आफु पदमा रहे पनि नरहे पनि पत्रकारहरुको स्तर उन्नतीका लागी सदैब सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिष्टले पत्रकाररुले समाचार लेख्ने विषयमा तेरो मेरो नभनी कोही कसैलाई पनि काख पाख नभनी देखेको सत्य तथ्य कुरालाई मिडियामा ल्याएर समाजको कुरिति कुसंस्कार र भ्रष्ट्राचारलाई बाहिर ल्याँउनमा निडर भएर काम गर्न आग्र गरेकी छन ।
मंगलबार नै नव निर्बाचित नेपाल फोटो पत्राकार समितिलाई प्रमुख अतिथी र बिशिष्ट अतिथीहरुले बधाइ दिइएका थिए । नव निर्वाचित समितिले मंगलबार नै सपथ लिएको हो ।