
बाजुरा–जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा न. २ मा अवस्थित श्रि मालिका माध्यामिक बिद्यालयमा बिगत दुई महिना यता अंग्रेजी पढाउने शिक्षक नभएको पाइएको छ । अग्रेजी पढाउने शिक्षक नभएपछी बिद्यार्थीहरु शिक्षकको बाटो कुर्दै बसेका छन् । कहिले शिक्षक आउन्छन् र कहिले पढ्न पाउन्छौँ होला भन्ने बिदार्थीको मनमा कातुहल्ता छ । दुई महिना यता अग्रेजी पढाउने शिक्षकको दरवन्दि रिक्त रहेको छ । दुई महिना देखी शिक्षक नहुदा पठन पाठनमा समस्या भएको छ । बिगत दुई महिना यता बिद्यार्थीहरु अग्रेजी बिषय पढ्नबाट बन्चित भएका छन् । बिशेष गरेर सरकारी बिद्यालयमा पढ्ने अधिकांस बिद्यार्थीहरु अंग्रेजि बिषय अन्य बिषय भन्दा अफ्ठ्यारो महसुस गर्छन ।
बिद्र्यार्थीहरु भन्छन् हामिले धेरै पटक सरहरुलाई भन्यौँ । हामिलाई अंग्रेजी पढाउने शिक्षक ल्याउनुस भनेर । कोर्ष पनि पुरै बाँकी छ । परिक्षा पनि नजिक आइसकेको छ । पढाई भएको छैन । टिउसन कक्षा पढ्ने सोचेका थियौँ । हामिले को संग पढ्नु शिक्षक नै हुनुहुन्न । सरहरुले अव ल्याउन्छौँ भन्नुहुन्छ । भन्दा भन्दा दुई महिना बितिसकेको छ । शिक्षकहरुले मागे अनुसारको तलव दिन नसकेका कारण शिक्षकहरुसो बिद्यालयमा आउन नमान्ने र आएका शिक्षकहरु पनि केही समय मात्र बस्ने गरेको सो बिद्यालयमा कक्षा १० मा अध्ययरत एक बिद्यार्थी महेन्द्र बहादुर धामीले बताए ।
उनका अनुसार सो बिद्यालयमा शिक्षक आउने जाने गरेको पाइएको छ । शिक्षक एक आउने जाने फेरी अर्को आउने गरेको हदा पढाई नियमित हुन नसकेको उनले बताए । पटकम–पटक शिक्षक फेरीने भएकाले बिद्यार्थीको सिकाइमा समेत बाधा पुगेको पाइएको छ । समय समयमा शिक्षक परिवर्तन हुने हुदा शिक्षकको पढाउने र बुझाउने शैलीमा नै धेरैजसो बिद्यार्थीहरु अलमलमा परेका छन् । अस्थाई दरवन्दिमा मा.वि सम्म संचालनमा रहेको उक्त बिद्यालयमा गाँउपालिकाले शिक्षकलाई तलव खुवाउने गरेको छ । गाँउपालिकाले मार्षिक २५ हजार मात्र तलव दिने भएका कारण सो बिद्यालयमा शिक्षकहरु आएपनि छोडेर जान गरेको खुल्न आएको छ । यता बिद्यालयका प्रधानाध्यापक मन बहादुर बुढाका अनुसार दुई दुई पटक बिज्ञापन गर्दापनि शिक्षकहरु कोही नभेटिएको बताइएको छ । बिज्ञापन गर्दापनि शिक्षकहरुनपाएका कारण यो समस्या आइपरेको उहाँले बताउनुभयो । बिद्यार्थीको पढाई प्रधावित भएको कुरालाई ध्यानमा राखि आफु बिद्यालय प्रशासनको हैसियतले समस्ुया समाधानका लागिपहल गरिरहेको उहाँको भनाई रहेको छ ।यस अघि गाँउपालिकाले दिने गरेको तलवमा रु ५ हजार थपेर दिदा पनि शिक्षकहरुले बस्न नमानेको बिद्यालयका प्रधानाध्यापक बुढाले बताएका छन् ।
उहाँले बिद्यालयमा अंग्रेजी पढाउने एक जना अस्थाई शिक्षकको दरवन्दि रिक्त रहेको सुचना सवैमाझ प्रशारण गरिदिन समेत अनुरोध गर्नुभएको छ । प्रधानाध्यापक बुढाले समस्या समाधान गर्नपहल गरिरहेको बताएतापनि सजिलै समस्या समाधान हुने संकेत भने देखिदैन । सो बिद्यालयमा पढाउन आउने शिक्षकले मागे अनुसारको तलव दिन नसक्नु नै यो समस्याको प्रमुख कारण हो । गाँउपालिकाले दिने गरेको तलवमा शिक्षक आउन नमान्ने गरेको खुल्न आएको छ । त्यसकारण यो समस्याको समाधान गर्न सक्ने एउटा मात्र आधार हो गाँपालिका गाँउपालिकाले तलव बढाएर दिन सकेमा यो समस्या समाधान हुने देखिन्छ । यता गाँउपालिकाका आध्यक्ष नर बहादुर रावतलाई सोध्दा गाँउपालिकाले मा.वि तहकाे शिक्षकलाई २५ हजार मात्र तलव दिने निर्णय गरेकाे हुदा कसैलाई कम कसैलाई धेरै नदिएकाे बताउनु भयाे । त्यस्तै सवै ठाँउका शिक्षकहरूलाई साेही निर्णय अनुसार तलव बढाउन नसकिने उहाँकाे भनाई छ । लाइसेन्स प्राप्त शिक्षाक नभेटाएकाे र बिना लाइसेन्सुकाे शिक्षक राख्न नचाहेकाे पनि उहाँले बताउनु भएकाे छ ।











