बाजुरा–जिल्लाको त्रिवेणी नगरपालिका वडा न. ८ मा चुनावि आमसभा कार्यक्रम सम्पन्न भएको छ । आज सम्पन्न भएको चुनावी आमसभा कार्यक्रममा २०७४ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा उम्मेदवार महेश गिरी सहित ४० घर परिवार नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश भएका छन् । बुधबार नगरपालिकाको वडा न. ८ मा भएको चुनावी आमसभा कार्यक्रममा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश भएका हुन । लामो समय देखि नेकपा एमालेले देशको परिवर्तन गर्न सक्ने आपेक्षा गरेर एमालेको संगठनमा बस्दा एमालेले जनताको जनभावना अनुरुप जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको हुदा नेपाली कांग्रेस राष्ट्रियता लोकतन्त्र र समाजवादको सिद्धान्तलाई आत्मसात गरि कांग्रेसमा प्रवेश गरेको नव प्रवेशीहरुले बताएका छन् ।
साथै नवप्रवेशीहरुले नेपाली कांग्रेसको बिधि बिधान र आस्थामा कतिबद्ध रही आगामी दिनहरूमा सधै कांग्रेसको साथमा रहने प्रतिबद्धता सहित नेपाली कांग्रेसमा को सदस्यता पाँउ भनी पार्टी सभापतिलाई निवेदन समेत पेश गरेका छन् । अव देशको परिवर्तन नेपाली कांग्रेसबाटै संभव हुने नव प्रवेशीहरुको ठहर रहेको छ । नगरपालिकाको वडा न . ८ को चुनावी आमसभा कार्यक्रम वडा न. ८ का वडा सभापति खेमराज गिरिको अध्यक्षतामा संचालन भएको थियोे । सभापति गिरिको अध्यक्षतामा संचालन भएका कार्यक्रममा प्रमुख अथिती जिल्ला काउयर् समिति सभापति राम सिंह रावल रहनु भएको थियो । यस्तै कार्यक्रम बिशिष्ट अथिती महाधिवेशन प्रतिनिधि तथा त्रिवेणी नगरपालिका उप प्रमुख राधिका सुनार, महाधिवेशन प्रतिनिधि कर्न बहादुर थापा, पिर्व जिल्ला कार्य समिति सचीव रनसिह अएडी , रहनु भएको थियो । त्यस्तै कार्यक्रममा अथिती नेपाली काङ्ग्रेस प्रदेश ख सचीव दिल बहादुर थापा, पुर्व ने . बि संघ केन्द्रीय सदस्य बिरेन्द्र गिरी , प्रदेश प्रतिनिधि तथा ने . बि . संघ बाजुरा काठमाडौँ सम्पर्क समितिका अध्यक्ष चन्द्र बहादुर रावत लगायत रहनु भएको थियो । कार्यक्रमको संचालन वडा सचीव नवीन बुढाले गरेको त्रिवेणी नगरपालिका वडा न. ८ वडा कार्य समितिले जनाएको छ । नविन कांग्रेस उर्जासिल कांग्रेस र बलियो कांग्रेस भन्ने मुल नारा बोकेर कांग्रेस त्रिवेणी नगरपालिकाले चुनावी आम सभा संचालन गर्दै आएको छ ।