बाजुरा– जिल्लाको बुढीगंगा नगरपालिकाका एक जना कोरोना संक्रमित पुरुषलाई थप उपचारका लागि रिफर गरिएको छ ।संक्रमितलाई श्वास फेर्न र खोकी लाग्ने नरोकिएपछि थप उपचारका लागि कञ्चनपुरको महाकाली अञ्चलमा रिफर गरिएको बुढीगंगा स्वास्थ्य शाखाका सह संयोजक हस्तबहादुर खडायतले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार संक्रमित भएका उक्त व्यक्तिलाई अक्सिजनको मात्रा कम भएकाले श्वास प्रश्वासमा समस्या देखिएकाले रिफर गरिएको खडायतले बताए ।
कोभिड अस्पतालमा प्रर्याप्त अक्सिजन नभएकाले संक्रमित व्यक्तिलाई रिफर गरिएको खडायतले भने ।
कोभिड अस्पतालमा भएका अक्सिजनका सिलिण्डर सकिन थालेपछि संक्रमित व्यक्तिलाई उपचार गर्न महाकाली अंचल पठाएको खडायत बताउँछन् ।
जिल्लामा अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुको ज्यान जोखिममा रहेको छ ।
बाजुरा – जिल्लाको बुढीगंगा नगरपालिकाका एक जना कोरोना संक्रमित पुरुषलाई थप उपचारका लागि रिफर गरिएको छ । संक्रमितलाई श्वास फेर्न र खोकी लाग्ने नरोकिएपछि थप उपचारका लागि कञ्चनपुरको महाकाली अञ्चलमा रिफर गरिएको बुढीगंगा स्वास्थ्य शाखाका सह संयोजक हस्तबहादुर खडायतले जानकारी दिएका छन् ।