काठमाडौं- चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । कोरोना संक्रमणअघि नै निर्माण सम्पन्न भएको चलचित्रको प्रदर्शन यसअघि पटकपटक सरेको थियो ।
अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र निर्माण सकिएको दुई वर्षपछि देशव्यापी प्रदर्शनमा आएको हो । चलचित्रको बुधबार साँझ राजधानीमा प्रिमियर शो आयोजना गरिएको थियो । जहाँ अधिकांश चलचित्रर्मीले ‘म यस्तो गीत गाउँछु २’को खुलेर प्रशंसा गरेका थिए ।
सुदर्शन थापाको निर्देशन रहेको म्युजिकल लभस्टोरी चलचित्रमा पल र पूजाका साथमा हरिहर शर्मा, दिनेश डीसी, राजाराजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लगायतको अभिनय छ । साढे दुई करोडको लगानी रहेको चलचित्रलाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेका हुन् ।
यतिबेला यस चलचित्रको व्यापारलाई समग्र चलचित्रकर्मीले निकै चासोका साथ हेरिरहेका छन् । अभिनेता पल शाह कानुनी झमेलामा परेका कारण चलचित्रको व्यापारलाई त्यसले असर पु¥याउँछ कि पु¥याउँदैन भन्ने चासो आम चलचित्रर्मीमा छ ।
यता शुक्रबारदेखि नै बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’, हलिउड चलचित्र ‘अनचार्टेड’ र तमिल चलचित्र ‘वलिमै’ पनि हलमा लागेका छन् ।