युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
115 पटक पढिएको

Open photo

बाजुरा–सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीलाई नेपाल शिक्षक महासंघ बडिमालिका नगर समितिले एक औपचारिक कार्यक्रमका बिच स्वागत तथा अभिनन्दन कार्यक्रमको आयोजना गरि भव्य स्वागत गरेको छ । आज बालमन्दिर आभारभुत बिद्यालयमा एक औपचारिक कार्यक्रमका साथ नगर कार्य समितिले स्वागतथ तथा अभिनन्दन कार्यक्रमको आयोजना गरि भव्य स्वागत गरेको हो । प्रमुख जोशीलाई शिक्षक महासंघ बडिमालिका नगरले मायाको चिनो बितरण गर्नुको साथै दोसल्ला ओदाएर भव्य स्वागत गरिएको छ । यस्तै जोशीलाई जिल्लाको बडिमालिका नगरपाकिा वडा न. ८ मा अवस्थित बाजुरा क्याम्पसले पनि औपचारिक कार्यक्रमको आयोजना गरि भव्य स्वागत गरेको छ ।

Open photo

प्रमुख जोशी गृह जिल्ला भ्रमणको क्रममा हिजो मात्र गृह जिल्ला बाजुराको सदरमुकाम मार्तडी पुग्नु भएको थियो । प्रदेश प्रमुख भएपछि पहिलो पटक जोशी गृह जिल्ला बाजुराको भ्रमणमा आउनु भएको हो । साता लामो भ्रमण तालिका बनाएर बाजुरा पुगेका जोशीलाई सदरमुकाममा हिजो पनि भव्य स्वागत गरिएको थियो । जिल्ला बासीसँगको भेटघाट तथा अन्तरक्रिया र साक्षात्कार सहीतको भ्रमण लिएर प्रमुख जोशी बाजुरा आएका सुरक्षा निकायले जनाएको छ ।प्रदेश प्रमुख जोशी केही दिन अझै बाजुरामा रहने बताइएको छ । गृह नगर बुढीगंगाबाट सुरु गरी जिल्लाका सबै स्थानिय तह भ्रमण गर्ने तालिका सहित बाजुरा पुगेका प्रदेश प्रमुख जोशीलाई बिभिन्न स्थानिय पालिकामा सम्मान तथा अभिनन्दन कार्यक्रमहरु तय गरेका छन् । प्रदेश प्रमुख जोशीलाई स्थानियको उपस्थितिमा बाजा गाजा फुलमाला सहित बिभिन्न ठाँउहरुमा भब्य स्वागत गरीएको छ । प्रदेश प्रमुख जोशीले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको आयोजना गरि स्वागत तथा अभिनन्दन कार्यक्रमको आयोजन गरि भव्य स्वागत गरेको भन्दै आयोजकलाई धन्यबाद दिनुभयो ।

शिक्षकहरुको हक हितका लागि आफ्नो तर्फबाट निरनतर सहयोग गर्ने बताउनु भयो। प्रमुख जोशीले आफु पनि शिक्षण पेशाबाटै राजनितिमा लागेको भएको बताउदै आफुलाई शिक्षकहरुले धेरै सहयोग गर्ने गरेको बताउनु भएको छ । प्रमुख जोशीले आफ्नो राजनिति जिवनको बारेमा चर्चा गर्दै राजनितिमा लागेदेखि आफुलाई शिक्षकहरुले तन मन बचन र कर्मका साथ आफुलाई सहयोग गर्दै आएको बताउदै आफुले शिक्षकहरुलाइ आफ्नो राजनिति जिवनको मुख्य मेरुडण्डका रुपमा हेर्ने गरेको कुरा समेत उल्लेख गर्नुभयो । साथै उहाँले शिक्षकहरुका समस्या समाधान गर्नका लागि प्रदेश प्रमुखको हैसियतले सधै कटिबद्ध रहने बिश्वास पनि व्यक्त गर्नुभयो । कार्यक्रम सम्बोधनकै क्रममा जोशीले शिक्षकरुका लागि मात्र नभई बाजुरेली जनताको हित र बाजुराको बिकासका लागि सदैवप जनताको माझमा रहेर बाजेरेली जनताको सुख र सम्बृद्धिका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यस्तै कार्यक्रममा नेपाल शिक्षक महासंघ बडिमालिका नगरपालिका नगर कार्यसमिति अध्यक्ष हस्त बहादर् धामीले बाजुरा जिल्लाको भुमिमा जन्मेर प्रदेश प्रमुख जस्तो जिम्मेवारी बाजुराले पाएको र प्रदेश प्रमुुखलाई स्वागत गर्न पाउदा अतेन्तै खुसि लागेको बताउनु भयो ।धामिले बाजुराजिल्लाका अधिकांस बिद्यालयमा बिदालय भवन, डेस्क बेन्चको अभाव, उचित खेलमैदानको अभाव, शिक्षक दरबन्दिको अभाव लगायतका समस्यारु प्रदेश प्रमुख जोशीलाई सुनाउनु भएको छ । साथै उहाँले बाजुरा जिल्लाका कुनाकन्धरामा रहेका शिक्षक र बिद्र्याथीहरुले भोग्नुपरेका समस्याहरु्र प्रदेश प्रमुख माझ राख्दै ति समस्या समाधान गर्ने जिम्मा अव प्रदेश प्रमुखको रहेको समेत अवगत गराउनु भयो। साथै उहाँले प्रमुख जोशी शिक्षण पेशाबाटै राजनितिमा लागेको कुरा आफुलाई अवगत नै भएको बताउदै प्रमुख जोशीले बाजुराका शिक्षक र बिद्यार्थीहरुका मागहरुलाई आफ्नै कार्यकालमा सम्बोधन गर्नुहुने छ भन्ने कुरामा बिश्वस्त रहेको समेत बताउनु भएको छ ।

Open photo

नेपाल शिक्षक महासंघ बडिमालिका नगरपालिका नगर कार्यसमिति अध्यक्ष हस्त बहादर् धामीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अथिति सुदुरपश्चिम प्रदेश प्रमुख देबराजजोशीरहनु भएको थियो । कार्यक्रममा बिशिष्ट अथिति बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी उपेन्द राज पौड्याल, प्रहरी प्रमुख चर्तुभुज ओझा, त्यस्तै कार्यक्रममा अथिति बडिमालिका नगरपालिका वडा न. ८ का वडा अध्यक्ष प्रकाश रावल, नेपाल पत्रकारमहासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष छक्क मल्ल, नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुरा अध्यक्ष प्रेम रौले, प्रदेश प्रमुख जोशीका स्वकिय सचिव अखिलाल जोशी, बिभिन्न सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधि, बिभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रमुख एवम प्रतिनिधि,लगायत नेपाल शिक्षक माहासंघ बडिमालिका नगरपालिकाका पधाधिकारी, लगायत अन्य सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!