
बाजुरा–जिल्ला पत्रकार महासंघ जिल्ला शाखा बाजुराले आयोजनामा पत्रकार सम्मेलनको आयोजना गरि सुदुरपश्चिम प्रदेश प्रमुख जोशि संग जिल्लाको समसामयिक बिषयमा छलफल गरिएको छ । प्रदेश प्रमुख जोशी गुह जिल्ला भ्रमणमा आएको अवसर पारी जिल्लाको पुर्वाधार बिकास र बाजुरा जिल्लामा पत्रकारीता क्षत्रमा आबद्ध संचारकर्मिहरुले भोग्नुपरेका समस्याहरु प्रदेश प्रमुख समक्ष राख्नका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको हो । पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला स्थित संचारकर्मिहरुल बाजुरा जिल्लाले प्रदेश प्रमुख जस्तो राजकिय पद बाजुरा जिल्लाले पाएको बताउदैप्रमुख जोशीलार्इै फुलमाला अभिर सहित खादाले भव्य स्वागत समेत गरेका छन् ।
साथै उक्त सम्ममेलन कार्यक्रममा पत्रकारहरुले जिल्ला बासिहरुले भोग्दै आएका समस्याहरु प्रदेश प्रमुख समक्ष राख्दै जिल्लाको पुर्वाधार बिकासमा अव केही सहयोग पुग्ने आपेक्षा संचारकर्मिहरुको मात्र नभई समग्र बाजुरेली बासिहरुले गरेको अवगत गराएका थिए । यो संगै जिल्लामा पत्रकारिताको बिकासमा पनि प्रदेश प्रमुख जोशीकै पालामा हुन्छ भन्ने आस आफुहरुको रहेको हुदा जिल्ला स्थित संचारकर्मीहरुले भोग्दै आएको समस्याहरु प्रदेश प्रमुख समक्ष राखेका हुन। पत्रकार सम्मेलनमा बोल्दै प्रदेश प्रमुख जोशीले भने नेपालको संबिधानले प्रदेश प्रमुखलाई कार्यकारिणी अधिकार नदिएको हुदा जिल्लाको पर्वाधार बिकासको संदर्भमा ठोस यहि काम गर्छु भनेर भन्न नसकिने बताउनु भयो । प्रमुख जोशीले सम्बिधानले गरेको व्यवस्था अनुसार आफ्नो पुर्वाधार बिकासका संदर्भमा समोन्वयको भुमिका मात्र रहेको पनि दावी गर्नुभयो । उहाँले आफुलाई कार्यकाणी अधिकार दिएको छैन त्यसैले मैले यही काम गर्छु भनेर भन्न सकिने अवस्था छैन् । समोन्वयको भुमिका निर्वाह गरेर भएपनि जिल्लाको बिकासका लागि सक्दो प्रयास म गर्ने नै छु । जिल्लाको बिकासका लागि मैले कहाँ को संग कसरि समोन्वय गर्नुपर्ने हो म गर्छु । प्रमुख जोशीले पत्रकार सम्मेलनमा भन्नुभयो ।
खास गरि जिल्लाको बिकास र बाजुरेली वजनताका समस्याहरुमा समाधान गर्ने उदेश्यले नै आफु लामो समय देखि राजनितिमा तल्लिन रहेको हुदा जिल्ला बासिहरुका मागहरुलाई सम्बोधन गर्ने कुरामा कांहि कतै कसुर नराख्ने बताउनु भयो । साथै उहाँले पत्रकारहरुलाई पनि आफुले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग आफ्नो अकार्को नभनि गर्नेपनि बताउनु भएको छ । औपचारिक कार्यक्रमका बिच गरिएको पत्रकार सम्मेलन कार्यक्रम पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष छक्क मल्लको अध्यक्षतामा बडिमालिका नगरपालिकाको सभाहलमा सम्मपन्न भएको हो अध्यक्ष मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति, सुदुरपश्चिम प्रदेश प्रमुख देबराज जोशी रहनु भएको थियो । यस्तै कार्यक्रममा अथिति, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, प्रहरी नायव निरिक्षक चर्तुभुज ओझा, बडिमालिका नगरपालिका नगर उपप्रमुख तथा महाधिवेशन प्रतिनिधि, कबिता बिष्ट, प्रदेश प्रमुख जोशीका स्वकिय सचिव अखिललाल जोशी, लगायत जिल्ला स्थित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।











