
धनगढी- कैलालीको धनगढीमा आजदेखि साहित्य महोत्सव सुरू हुदैछ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा हुने नेपाली साहित्य महोत्सव २०७८ को मुख्यमन्त्री त्रिलोचन भट्टले उद्द्घाट्न गर्नुहुने छ ।
महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको महोत्सव आयोजक समितिका संयोजक यज्ञराज उपाध्यायले जानकारी दिए।
आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार नेपाली भाषा संस्कृतिको उजागर गर्ने तथा सुदूरपश्चिमको संस्कृति, साहित्य, कलालाई राष्ट्रिय अन्तराष्टिय स्तरसम्म जोड्ने उद्देश्यले महोत्सवको आयोजना भइरहेको बताइएकाे छ ।
महोत्सवमा विभिन्न ठाउँबाट दुई सय बढी साहित्यकारको उपस्थिती रहनेअध्यक्ष रामलाल जोशीले बताए । उनीहरुको उपस्थितीमा थुप्रै काव्य गोष्ठी पनि सञ्चालन हुने उनकाे भनाइ छ । गजल साँझ, सांगीतीक साझलगायतका कार्यक्रमको पनि आयोजना गरिएको छ। यसअघि २०७६ सालमा धनगढीमै विश्व नेपाली साहित्य महोत्सव आयोजना भएको थियो।
श्राेत दिनेश खबर











