राम बहादुर दानी
फाल्गुण २१ गते २०७८ हिमाली बाजुरा

बाजुराः शुदुरपश्चिम प्रदेशका प्रमुख देबराज जोशीलाई हिमाली गाँउपालिकाले भब्य स्वागत गरेको छ । गाँउपालिकाको कार्यालय धुलाचौरमा भएको स्वागतमा ठुलो जनमानसको उपस्थिति रहेको थियो ।

शुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख जोशीको एकसााता गृह जिल्ला बाजुराको लागि फाल्गुण १२ गतेबाट भ्रमण तय भएको थियो । प्रदेश प्रमुख जोशीको शुक्रबार नवौँ दिनमा हिमाली गाँउपालिकाको धुलाचौरमा भब्य स्वागत गरिएको हो ।स्वागत कार्यक्रम हिमाली गाँउपाकिाका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यत्रसmममा हिमाली गाँउपालिकाका उपाध्यक्ष चन्द्रा बुढा, बुढीगंगा नगरपालिकाकी उप प्रमुख तारा खाती, प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेल, प्रहरी नायव उपरिक्षक चतुर्जुज ओझा रहनु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला काढर्य समिति सचिव भरत बहादुर रोकाया, प्रदेश प्रमुखका स्वकिय सचिव अफिलाल जोशी, नेपाली काँग्रेस शुदुरपश्चिम प्रदेश सदस्य धनराज पण्डित, नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी कमल बहादुर बुढा, नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी राधिका सिंह, नेपाली काँग्रेस जिल्ला कार्य समिति पुर्व सचिव रनसिंह बहादुर अएडी, हिमाली गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष सूरेन्द्र बहादुर मल्ल, वडा नं. ५ का वडा अध्यक्ष अम्मलाल कार्की, नेपाली काँग्रेसकी नेतृ उमा रोकाया, नेतृ तारा रोकाया (डडाल) लगायतको उपस्थिति रहेको थियो ।


भौगोलिक रुपमा अतिनै कठिनायी रुपमा रहेको हिमाली गाँउपालिका अँझै पनि बिभिन्न बाधा अड्चन र समस्यामा गुज्रि रहेकोले यस क्षेत्रका लागि प्रदेश प्रमुखले बिशेष बिकासमा जोड दिनु पर्ने कुरामा आग्रह गरेका छन । स्वागत कार्यक्रमको हिमाली गाँउपालिकाकी उपाध्यक्ष चन्द्रा देबि बुढाले गर्नु भएको थियो भने कार्यक्रमको संचलन हिमाली गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष अम्मलाल कार्कीले गर्नु भएको थियो ।
स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै शुदुरपश्चिम पदेशका प्रदेश प्रमुख तथा कार्यक्रममा प्रमुख अतिथी देवराज जोशीले हिमाली गाँउपालिका भेगिय र बर्गिय रुपमा अतिनै बिकट भएकोले आफु कुनै पनि राजनितिक दलको ब्यक्ति नभई सिंगो शुदुरपश्चिमेली जनताको सााझा ब्यक्ती भएकाले आफुले शुदुरपश्चिमका सबै जिल्लाहरुमा समान रुममा हेने कुरामा प्रतिबद्घता गर्नु भएको छ ।

यसै क्रममा शुदुरपश्चिमको दुर दराजमा रहेको बिकट हिमाली गाँउको बिकासका लागी आफुले कुनै पनि कसुर नराख्ने र यस क्षेत्रका कुनै आएका प्रस्तावहरुलाई आफुले पहल गर्ने ठाँउमा कुनै पनि कसुर नराखेर सिफारिसका लागि अनुरोध गर्ने जनाउनु भएको छ । गाँउपालिका भरीका सबै समस्याहरु आफु समक्ष आएमा केन्द्रिय सरकारका बिभिन्न निकाय सम्म पुर्याउने र सम्बन्धीत क्षेत्रका अग्रजहरुले त्यस बिषयमा धाउनु पर्ने कुरामा जोड दिनु भएको छ ।











