बाजुरा– एक साता लामो गृह जिल्ला बाजुराको भ्रमणमा रहेका शुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी शनिबार राजधानी धनगढी प्रस्थान गर्नु भएको छ । जिल्लाका नौँ वटै स्थानिय तहका सबै वडाहरुमा जनताहरुसंगको साझा समस्या पहिचान गरी भेटघाट सकेर शनिबार कर्णली करिडोरको बाटो भएर सुर्खेत हुँदै धनगढी प्रस्थान गर्नु भएको हो ।
गृह जिल्लाका बिभिन्न ठाँउहरुका जनताहरुका समस्या बुझेर शनिबार प्रदेश राजधानी फर्किनु भएको हो । शनिबार हिमाली गाँउपालिकाको बाँधुमा रहेको जनता आधारभुत बिद्याालय र वडा नं. ७ बाँधुका जनताहरुसंग भेटघाट गर्दै जगन्नाथको पिलुचौरमा रहेको सनातन गुरुकुल बिद्यापिठ संस्कृत आधारभुत बिद्यालयमा पनि भेटघाट कार्यक्रम सम्पन्न गरेर सुर्खेतको बाटो हुदै प्रदेश राजधानी प्रस्थान गर्नु भएको प्रदेश प्रमुखका स्वकिय सचिब अफिलाल जोशीले जानकारी दिएका छन ।
प्रदेश प्रमुख आइतबार कर्णली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसंग भेटघाट गरी आइतबार नै प्रदेश राजधानी धनगढी प्रस्थान हुने पनि निजि स्वकिय सचिब जाोशीले बताएका छन ।