
बाजुरा- जिल्लाको खप्तड छेडेदह गाँउयपलिका वडा न. ३ को चुनावी आमसभा कार्यक्रम सम्पन्न भएको छ । आइतवार नेपाली कांग्रेस वडा कार्यसमिति द्वारा आयोजित चुनावी आमसभा कार्यक्रम वडा कार्य समिति सभापति पुर्ण मिजारको अध्यक्षतामा सम्पन्न भएको हो ।सभापति मिजारको अध्यक्षतामा सम्पन्न भएको चुनावी आमसभा कार्यक्रममा प्रमुख अथिति नेपाली कांग्रेस खप्तड छेडेदह गाँउपालिकाका सभापति हर्क बहादुर रावत रहनु भएको थियो । त्यस्तै कार्यक्रममा बिशिष्ट अथिति गाँउपालिकाका अध्यक्ष नर बहादुर रावत, उाअध्यक्ष कुन्ति बुढा साँउद गाँउकार्य समिति सचिव बिष्णु धामी रहनु भएको थियो । कार्यक्रममा वडा कार्य समितिका पधातिकारी क्रियासिल सदस्य लगायत कांग्रेस निकट नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा करिव ८ जनाले आफ्ना भनाईहरु राखेका थिए ।कार्यक्रमकाे संचालन वडा कार्य समिति सचिव बिक्रम रावतले गरेका थिए ।
सभापति मिजारको अध्यक्षतामका सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले र माआवादीका गरि ७ घरपरिवार कांग्रेसमा प्रबेश भएको पनि वडा कार्य समितिले जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहनु भएका गाँउकार्य समितिका सभापनि हर्क रावतले नविन कांग्रेस उर्जासिल कांग्रेस र बलियो कांग्रेस बनाउने सन्कल्पका साथ गाँउपालिका भरी नै चुनावी भेटघाट कार्यक्रम संचालन भइरहेको हुदा त्यसमा सवैको साथ सहयोगकोे आवश्यक रहेको बताउनु भएको छ । चुनाव जित्नु मात्र नभई गाँउपालिका कांग्रेस जति बलियो थियो अझ त्यो भन्दा बलियो बनाउदै लैजानुपर्नेमा जोड दिनु भएको थियो । चुनाव जित्ने की नजित्ने भन्ने कुरामा कुनै दईमत नरहेको पनि कार्यक्रममा उहाँले दावी गर्नुभएको छ । सो वडामा कांग्रेसको बाहुलेता बिगतका दिनहरुमा कमजोर रहेको हुदा बलियो कांग्रेस बनाउन तर्फ केन्द्रित हुन पनि उहाँले आग्रह गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रममा बिशिष्ट अथिति समेत रहनु भएको गाँउपालिकाका अध्यक्ष नर बहादुर रावतले बलियो कांग्रेस बनाउने तर्फ सवैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा बोल्दै वडा सभापति मिजारले आफु वडामा बलियो कांग्रेस नविन कांग्रेस र उर्जासिल कांग्रेस बनाउने सन्कल्पका साथ अगाडी बढीरहेको बताउनु भयो । उहाँले २०७४ सालको निर्वाचनमा वडामा कांग्रेस जति कमजोर थियो त्यो अवस्था अव नरहेको दावी गर्नुभयो । अव आसन्न संघिय निवर्नचनमा वडामा कांग्रेस सहजै तरिकाले बिजयी हुन्छ भन्ने कुरामा बिश्वस्त रहन पनि उहाँले नेता कार्यकर्ताहरुलाई बिश्वास दिलाउनु भयो । वडामा कांग्रेस चुनाव जित्छ कि जितदैन भनेर अन्योलमा पर्न नपर्ने र आउदो निर्वाचनमा वडामा कांग्रेसको जित सुनिश्तिच हुने उहाँको भनाई रहेको छ ।
कसरी हुदै छ त ? कांग्रेसलाई फाइदा पुरै पद्नुहोस ।
नेकपा एमालेको बाहुलेता बढी रहेको सो वडामा पछिल्लो समयमा स्थानिय चुनाव नजिकिदै गर्दा कांग्रेस प्रतिको आकर्षण बढ्दै गएको पाइएको छ , कांग्रेस वडा कार्य समितिले निरन्तर चुनाव केन्दिल्रत घरदैलो अभियान थालेको छ । यसैबिच आज चुनावी आमसभा कार्यक्रमको आयोजना गरि नेता कार्यकर्ता भेटघनट कार्यक्रक समपन्न भएको वडा कार्य समितिले जनाएको छ । वडमा कार्य समितिले वडामा नविन कांग्रेस उर्जासिल कांग्रेस बलियाे र शसक्त कांग्रेस बनाउने संकल्पका साड अगाडी बढाउने उदेश्यका साथ आफुहरु चुनाव केन्द्रित भएको गाँउकार्य समिति सचिव समेत रहेकाे बिष्णु धामीले बताउनु भएको छ । उहाँका अनुसार वडामा कांग्रेस बलियो बनाउने र आसन्न संघिय निर्वाचन बहुमतका साथ जित्ने आफुहरुको तयारी रहेको बताइएको छ । अव आसन्न निर्वाचनमा आफुहरुले चुनाव जित्ने आफुहरुको लक्ष रहेको उहाँको भनाई छ । कांग्रेसले जतिसकै प्रयास गरेपनि चुनाव जित्न नसक्ने बताउदै आएका प्रतिपक्ष दुईवटा दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पनि बिगतमा जसरि चुनाव जित्न त्यति सहज छैन् । कांग्रेस वडा कार्य समितिका अनुसार पछिल्लो समयमा पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रबेश गर्नेहरुको सङख्य पनि बढ्दै गएको छ ।
यो भन्दा अगाडी चुनाब जित्न निकै सकस हुने सो वडामा अव चुनाव जित्न त्यती गाह्रो भने नहुने कांग्रेस नेताहरुको भनाई छ । अव आसन्न संघिय निर्वाचन सजिलै जित्ने आफुहरुको तयारी रहेको सभापति मिजारले बताए । आफुहरुसंग चुनावमा कसैले प्रतिसपर्धा गर्न सकदैनन् भन्ने हैकमवादी दम्ब राख्दै आएको नेकपा एमालेका लागि यो निकै चुनौतिको बिषय पनि हो । हिजो सजिलै चुनाव जित्ने एमालेलाई अव चुनाव जित्न भने निकै सकस देखिएको छ । यता नेकपा एमालेले भने आफुहरु निकट कसैले पनि पार्टी परित्याग नगरेको दावी गर्दै आइरहेको छ । आफुहरु संग भएका मतदाताहरु कोही पनि काँही कतै नगएको एमाले नताहरुले बताउदै आएका छन् । फेरी पनि जसरी हुन्छ चुनाव जितेरै छाड्ने एमाले को अडान छ । चुनाव जित्ने अडान राख्दै आएको नेकपा एमालेलाई सोचे जति सजिलै चुनाव जित्छन् भनेर भन्न सकिने अवस्था भने न्युन छ । यता २०७४ सालको संघिय निर्वाचनमा एमाले संगप्रतिसपर्धा गरेको प्रमुख प्रतिपक्ष दल नेकपा माओबादी भने आफ्नै निकटकाले पार्टी छोडेर कोही एमाले त कोही कांग्रेसमा गएपछी अझ बढी कम्जोर देखिएको छ ।
संघिय निर्वाचनमा केही मतले मात्र पराजित भएको थियो । तर हाल संघिय निर्वाचनमा उम्मेद्वार समेत रहेका नेताहरुले पनि पार्टी परित्याग गरेका छन् । हाल नेकपा एमाले गाँउ कमिटी अध्यक्ष रहेका नेता गोपाल बुढा संघिय निर्वाचनमा नेकपा माओबादी केन्द्रबाट वडा सदस्य का उम्मेद्वार थिए । नेता बुढा संगै केही अन्यले पनि पामर्टी छोडेपछी बिगतकै अव्रस्थामा माओबाढी केन्द्र छ भन्न सकिने अवस्था छैन् । केही यता एमाले तर्फ लागेपनि धेरैजसो भने कांग्रेस तर्फ केन्द्रित भएको एक श्रोतले बताएको छ । बिचमा नेकपा एमाले र माओबादी को बाम गठबन्धन भई नेकपा बनेको पार्टी वडामा निकै सक्तिसाली पार्टी हुन पुगेको थियो । तर आन्तरिक बिबाद संगै फेरी पार्टी बिभाजन भएपर्छी एक किसिमको तछाडमछाड भएको हाे । जसको प्रतक्ष फाइदा यता कांग्रेसलाई भएको पाइएको छ । एमालेको प्रतिसपर्धा २०७४ सालको संघिय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले आफले आपेक्षा गरे बमोजिमको कार्य गर्न नसकेको भन्दै स्थानिय आक्रोसित समेत बनेका छन् । बहुमतका साथ बिजयी गराउदा पनि चुनाव जितिसकेपछी जुनसुकै कार्यमा पनि राजनितिकरण गर्दै आएको स्थानियहरुको आरोप छ । जनताको जनमतको कदर नगर्ने जनप्रतिनिधिहरुलाई अवको निर्वाचनमा मतदान नगर्ने स्थानियहरुको अडान रहेको छ ।
जनताहरुलाई चुनाव अगाडी नानाथरी आश्वासन देखाएर बिकासको नाममा जनताको आँखामा छारो फाल्ने काम जनप्रतिनिधिहरुले गर्दै आइरहेको स्थानियको बुझाई छ । यो पाँच बर्षको अवधि भित्र वडामा संचालित बिकास निर्माणका कार्यहरुमा पनि वडाका जनप्रतितिधिहरुले राजनिति पर्वाग्रही गरेर बिकास निर्माणका कार्यहरु संचालन गरेको हुदा प्रपिपक्षहरुलाई सौतेनी व्यवाहार गरेको स्थानियहरुको ठहर छ । अझ भनने हो भने वडाबाट पाउनुपर्ने सेवासुबिधाहरुमा पनि जनप्रतिनिधिहरुले आफ्ना आसेपासे र आफु निकटका लाई बढी प्राथामिकता दिदै आइरहेको स्थानियहरु बताउन्छन् । जनता द्वारा जननिर्वाचित जनप्रतिनिधिहरुले सवै वडा बासिहरुलाई समान दृष्टिकोणले हेर्नुपर्ने आफहरुको माग भएपनि तया अपेक्षाको ठिक बिपरित भएको एक स्थानिय युवा बिद्यार्थी समिर खड्काले बताए । अव आसन्न निर्वाचनमा यस्ता जनप्रतिनिधिहरुलाई मतदान गर्ने पक्षमा नरहेको उनको भनाई छ । उनले भने जनताले चुनेर पठाए पछी जनताको अपेक्षा गरे अनुसारको काम गर्नुपर्ने हुन्छ । जनप्रतिनिधि कुनै पार्टीको नभई जनताको हो भन्ने जनताले अपेक्षा गरेका हुन्छन् । तर हाम्रो तिर त आफहरुलाई भोट नदिएको भन्दै मतभेद गरेको पाइएको छ । उसो त यता यो पाँच वर्षको कार्यकालमा प्रतिपक्षको पनि त्यति सक्रिय भुमिका नरहेको पाइएको छ । आफुहरु संग बहुमत नभएका कारण आफुहरुले जति भने पनि नलाग्ने भएकाले चुपचाप बस्नु आफुहरुको बाध्यता रहेको कांग्रेस नेता बिक्रम रावतले बताए । बिगतका दिनहरुमा अन्य दुई दलहरु भन्दा कमजोर रहेको नेपाली कांग्रेसलाई वडाकै बलियो पार्टी बनाउने संकल्पका साथ कांग्रेस वडा कार्य समितिले जनाएको छ । यति वेला कांग्रेस पार्टी सुदृढिकरण पार्टीलाई सशक्त र पार्टीलाई बलियो वनाउनका लागिल सकस प्रयास गरिरहेको कांग्रेस नेता रावतले बताए











