
बाजुरा- नेपाल निजामति कर्मचारी युनियन संघको आठौँ जिल्ला महाधिबेशनबाट रामचन्द्र यादव सम्मानित हुनुभएको छ । हाल रेडियो पौरखिका संञचालक समिति अध्यक्ष रहनु भएका र नेपाल निजामति युयियन संघका पुर्व जिल्ला अध्यक्ष समेत रही काम गनुभएका यादवलाई नेपाल निजामति कर्मचारी युनियन संघको आठौँ जिल्ला महाधिबेशनबाट सनिवार सम्मान पत्र प्रदान गरि सम्मानित गरिएको हो ।
नेपाल निजामति कर्मचारी युनियन संघको आठौँ जिल्ला अधिवेशनको अवसरमा निजामति सेवामा रहदा तपाइले राष्ट् र नागरिक हितको लागि गर्नुभएको योगदान र नेपाल निजामति कर्मचारी युनियनको आर्दस र उदेश्य प्राप्तिका लागि दिनुभएको साथ सहयोग र समर्थनको उच्च सम्मान गर्दै युनियनको आठौँ महाधिबेशनको अवसरमा यो सम्मान पत्र प्रदान गरिएको छ यादवलाई नेपाल निजामति कर्मचारी युनियन संघ द्वारा प्रदान गरिएको सम्ममान पत्रमा भनिएको छ । हाल सम्म पुर्याएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा पनि यस्तैसाथ सहयोग र समर्थनको अपेक्षा गरेका छौँ सम्मान पत्रमा उल्लेख गरिएको छ । यादव हाल नेपाल निजामति कर्मचारी युनियन संघको पर्व अध्यक्ष रहनु भएको थियो । अध्यक्षमा रहदा वा अन्य समयमा पनि बिशेष साथ सहयागे र समर्थन गर्दै आएको योगदानलाई कदर गरेर सम्मान पत्र सहित सम्मान गरिएको नेपाल कर्मचारीयुनियन संघ जिल्ला कार्यसमिति बाजुराले जनाएको छ ।











