बाजुरा- जिल्ला सदरमुकाम मार्तडीबाट ५५ किलाेमिटरमा पर्ने काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा काेभिट र अन्य बिरामीहरुलाई छुट्टा छुट्टै ब्यबस्था नहुदा जाेखिम भएकाे छ । यस्ताे अबस्थामा स्वास्थ्य सुरक्षा सामाग्रीकाे अभावका कारण स्वास्थ्य सुरक्षामा खटिएका स्वास्थ्यकर्मीहरुले जाेखिम उठाउनु परेकाे छ ।
यसरी विकारल महामारीले दिन प्रतिदिन भयानक अबस्था ल्याई सकेकाे याे समयमा यस बिषयमा जिल्ला काेभिड -१९ ब्यबस्थापन र सम्वन्धित नगरपालिकाकाे ध्यान नजाँनुमा जनताकाे स्वास्थ्य जस्ताे सम्वेदनशिल बिषयमा खेलबाड भएकाे साे क्षत्रका स्थानिय एबम् अधिबक्ता पुर्ण रावतकाे भनाई रहेकाे छ ।
यस विषयमा बुढीनन्दा नगरपालिकाका स्वास्थ्य साखा सहायक अाेमजँग शाहीका अनुसार मँगलबार अाएका केहि काेभिडका बिरामीहरु र अन्य बिरामीहरुलाई अलगअलग काेठामा राखिएकाे तर दुबै काेठाकाे एउटै ढाेका भएकाे बताएका छन । काेल्टीमा स्वास्थ्य साखामा अक्सिजन, भ्यान्टिलेटरकाे समस्या भएकाे र पुरानाे अार्मी ब्यारेकमा अाईस्युलेशनकाे ब्यबस्तापन गरिएकाे भएता पनि उक्त ठाँउमा पानी, बिजुलीकाे ब्यबस्था नभएकाेले बिरामीहरुलाई एउटै ढाेका भएकाे तर अलग अलग काेठामा राखिएकाे बताएका छन ।
मँगलबार काेराेना पाेजेटिभ देखिएका एक जनालाई झरी बर्षाले बिभिन्न ठाँउमा सडक अवरुद्द भएकाेले सदरमुकाम मार्तडी सम्म पनि लिने अबस्था नभएकाेले यसरी एउटै ढाेका भएकाे ठाँउमा दुबै किसिमका बिरामीहरुलाई राख्नु पर्ने अबस्था अाएकाे नगरपालिका स्वास्थ्य साखा सहायक शाहीले बताए ।