
काठमाडौँ-ललितपुरमा एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेका छन्। ललितपुरको कोन्ज्योसोम ४ नल्लुमा चार जना मृत फेला परेको र एकजनाको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए।
घरमा बेलुका सुतेको विहान हेर्दा मृतक फेला परेको छ। दुई दिनको शिशु र उसको बाबुलाई उपचार गर्न लगिएकोमा पाटन अस्पताल ल्याउँदा बच्चाको मृत्यु भइसकेको थियो। बाबुको उपचार हुँदैछ,ु उनले भने। घटनास्थलमा डीएसपी पुगिसकेको भन्दै उनले फरेन्सिक डाक्टरको टिम लिएर आफू पनि जान लागेको र विस्तृत विवरण पछि आउने बताए।











