बाजुरा – सरकारले घोषणा गरेको आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि नेपाली काँग्रेसले एक महिने घर घर जाओैं काँग्रेस जिताउऔं अभियान गर्ने भएको छ ।केन्द्रीय सर्कुलर अनुसार नेपाली काँग्रेस बाजुराले पनि यही फागुन २९ गतेबाट जिल्लामा आमसभाको आयोजना गर्ने भएको छ ।
केन्द्रीय सर्कुलर अनुसार पार्टीले जिल्लाका ९ वटै पालिकामा अभियान संचालन गर्न लागेकाे हो । देशभरीका ७७ वटै जिल्लाको पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल मार्फत उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
काँग्रेसले नेकपाको सरकारले तीन वर्षमा गरेका जन विरोधी गतिविधी,असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष बुझाउने गरी काँग्रेसले गाउँ गाउँमा अभियान संचालन गर्न लागेको हो ।नेपाली काँग्रेसले उक्त अभियानलाई सफल पार्न र जनताका गुनासा र जनतालाई काँग्रेसले गरेका देश निमार्णका गतिविधी विषयमा जनताका माझ पुर्याउने गरी अभियानलाई अघि सारेको काँग्रेस बाजुराले जनाएको छ ।आइतबारबाट सुरु हुने अभियानमा नेपाली काँग्रेसका सह महामन्त्री बद्री प्रसाद पाण्डे,काँग्रेस केन्द्रीय सदस्य तथा जिल्ला प्रतिनिधी अर्जुनबहादुर सिंह लगायत सहभागि हुने पनि बताइएकाे छ ।सदरमुकाम मार्तडीमा आइतबार अर्थात फागुन २९ गते हुने चुनावी सभा कार्यक्रममाको उद्घाटन सह महामन्त्री बद्री प्रशाद पाण्डे गर्नहुनेछ ।उद्घाटन कार्यक्रममालाइ पाण्डे लगायतका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
चुनावी आमसभा कार्यक्रम नेपाली काँग्रेस बाजुराको आयोजनामा २९ गते हुने छ । केन्द्रीय सर्कुलर अनुसार पार्टीले जिल्लाका ९ वटै पालिकामा अभियान संचालन हुने छ ।
श्राेत खप्तड मालिका न्युज