बाजुरा- जिल्ला प्रहरी कार्यालय बाजुराले आर्थिक वर्ष २०७८÷७९ मा सवारी साधान कारवाहीबाट रु ७ लाख ३६ हजार ५ सय राजस्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको आठ महिनाको अवधी भित्र सवारी नियमको उलघंन गर्ने सवारी साधानलाई कारवाही गरी ७ लाख ३६ हजार ५ सय बढि रावस्व संकलन गरको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्याङ्क अनुशार सो राजस्व संकलन भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक चर्तुभुज ओझा बाजुरा आए प्रश्चात राजस्व संकलन निकै वृद्धी भएको देखिएको हो । यो आर्थिक बर्ष २०७८÷७९ को राजस्व संकलन र गत बर्ष २०७७÷७८ को राजस्व संकलनको तथ्याङ्क हेर्दा राजस्व संकलन हत्तै बढेको छ ।
गत बर्ष भन्दा आर्थिक बर्षमा ३४।४२ प्रतिशतले राजस्वमा वृद्धी
गत बर्ष२०७७÷७८ मा ८ महिनाको राजस्व संकलन र आर्थिक बर्ष २०७८/ ७९ मा ८ महिनाको राजस्व संकलनको तथ्याङ्क हेर्दा यो आर्थिक बर्षको राजस्व संकलन ३४।४२ प्रतिशतले वृद्धी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक चर्तुभुज ओझाले बताए । प्रमुख ओझाका अुनशार सवारी चालकहरुले सवारी नियम उलघंन गर्ने , मधिरा सेवन गरी सवारी साधान चलाउने चालक लगाएतका कार्यबाट कारवाही गरिएको उपर राजस्व संकलन गरिएको बताए ।
प्रहरी प्रमुख ओझाको निकै सक्रियतामा आर्थिक बर्षको राजस्व संकलन ३४।४२ प्रतिशतले वृद्धी भएको हो । प्रमुख ओझाले जिल्लामा शान्ति सुरक्षाको अमन चयनलाई चुस्तदुरुस्त पारेका छन् । उहाँले विभिन्न घटना परिघटनाहरुलाई जनता सामु दुरुस्त पार्नका लागी आफ्नो सक्रियता बढाइएको पाइएको छ । प्रमुख ओझाले भन्नु भयो , आफु बाजुरा आइसकेपछी प्रहरीको निकै सक्रियता बढेको बताए । गत बर्षको ८ महिनाको राजस्व संकलन र यो आर्थिक बर्ष ८ महिनाको राजस्व संकलनले पनी प्रहरीको सक्रियता देखाएको उहाँले बताउनुभयो ।
आर्थिक बर्ष यता १ हजार ३ सय १३ सवारी साधान कारवाहीमा
आर्थिक बर्ष २०७८÷७९ मा १ हजार ३ सय १३ सवारी साधानहरु कारवाही परेका छन् । जसअनुशार ट्रक १ सय ७३, जिप र कार ५ सय २५ ओटा , बस ७ ओटा , ट्याक्टर ३४६ ओटा ट्राफिकको नियम उलघंन गरी कारवाहीमा परेका ट्राफिक प्रहरी जनक बहादुर दानीले बताएका छन् । त्यस्तै मोटरसाइकल २ सय २० , मापसे १५ जना लगाएत अन्य गरी जम्मा १ हजार ३ सय १३ सवारी साधान कारवाहीमा परेको ट्राफिक प्रहरी दानीले बताए ।
प्रत्येक सवारी साधानबाट यती राजस्व संकलन
जिला प्रहरी कार्यालय बाजुराले प्रत्येक सवारी साधनको छुट्टाछुटै राजस्व संकलन गरी तथ्याङ्कमा राखेको छ । यो आर्थिक बर्षमा ट्रकबाट ९ हजार ५ सय , बसबाट ३ हजार ५ सय , जिव र कारबाट २ लाख ८८ हजार ,ट्याक्टरबाट २ लाख ५५ हजार राजस्व संकलन गरेको छ । त्यस्तै मोटरसाइकलबाट १ लाख ३२ हजार ५ सय , मापसेबाट १ हजार ५ सय , जनचेताना मुलक कार्यक्रमबाट १ हजार ४ सय ५० र अन्यबाट २३ हजार राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्याङ्कमा रहेको छ ।











