![]()
काठमाडौँ — नेकपा (एकीकृत समाजवाद) का सम्मानित नेता झलनाथ खनालले एमाले र कांग्रेसको सैद्धान्तिक लक्ष्य मिल्ने बताएका छन । उनले पार्टी कार्यकर्ताहरूलाई एमाले भाइ कांग्रेस भएको कुरा जनतामा लैजान निर्देशन दिएका छन ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता खनालले एमाले र कांग्रेसमा भिन्नता नभएको बताए । कांग्रेस पुँजीवादमा प्रस्ट भएको तर एमाले कम्युनिस्टको नाममा पुँजीवादी पार्टी भएको उनको भनाइ रहेको थियो । कांग्रेसले पनि पुँजीवादी जनवादको कुरा गर्छ उनीहरू ९एमाले० पनि पुँजीवादी जनवादका कुरा गर्छन । त्यसैले एमालेलाई भाइ कांग्रेस भन्दा हुन्छ । गाउँगाउँसम्म एमालेलाई भाई कांग्रेस भनेर जानुपर्छ,ु पार्टी कार्यकर्तालाई पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले बताएका छन ।
एकीकृत समाजवादीले मुलुकमा समाजवाद स्थापना गर्ने माक्र्सवादी र लेनिनवादी सिद्धान्त लिएको तर एमालेले भने पुँजीवादी बाटो अंगालेको उनको तर्क थियो । ुमाक्र्सवादी र लेनिनवादी विज्ञान हो, विश्वव्यापी विज्ञान हो । तर उनीहरू जबज भन्छन् । त्यो भनेको पुँजीवादी जनवादी कार्यक्रम हो । पुँजीवादी जनवादी कार्यक्रमलाई सिद्धान्त बनाएपछि पुगिन्छ कहाँ भन्दा त पुँजीवादमा,ु उनले भने, ुत्यसैले उनीहरू पुँजीवाद स्थापना गर्न गइरहेका छन् । हामी समाजवाद स्थापना गर्न गइरहेका छौं ।
एमालेका नीति र कार्यक्रम स्थापना गर्न आफूले ठूलो भूमिका निर्वाह गरेको र समाजवाद स्थपाना गर्न लागेको पार्टीका लागि जबज सपनाको एक सानो अंशमात्रै भएको उनको भनाइ थियो ।
सुखी नेपाली, समृद्ध नेपालु नारा आफूले ल्याएको खनालको भनाइ थियो । उनले त्यसअनुसार दुई तिहाई मत प्राप्त गर्दा पनि जनताको पक्षमा काम नभएको बताए । एमाले अध्यक्ष ओली दक्षिणपन्थी अवसरवादमा लागेर जनताले दिएको दुई तिहाइको संसद् पटक(पटक विघटन गरेको उनको भनाइ थियो ।
एकीकृत समाजवादी पार्टी तीन वर्षमा नेपालको ठूलो पार्टी बन्ने खनालको दाबी थियो । उनले भने, ुविद्रोह गरेको ६ महिना भयो । यो ६ महिनाको अवधिमा हामीले राष्ट्रव्यापी पार्टी बनाइसक्यौं । अर्को ६ महिनाको र एक वर्षमा यो पार्टी कत्रो हुन्छ ? यही गतिमा अगाडी बढ्यौं भने एक वर्ष, दुई वर्ष, तीन वर्षको बीचमा यो देशको सबैभन्दा ठूलो र अग्रगामी हाम्रो पार्टी हुनेछ ।
आजको कान्तिपुर दैनिकबाट साभार











