
बाजुरा– नेपाली काँग्रेस बाजुरामा पनि भब्य रुपमा चुनावी आमसभा सम्पन्न भएको छ । नेपाली काँग्रेस बाजुराले आइतबार सुरु गरेको चुनावी अभियानको नेपाली काँग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्व मन्त्री अर्जुन बहादुर सिंह रहनु भएको थियो ।

चुनावी आमसभा कार्यक्रम नेपाली कााँग्रेस बाजुराका पार्टी सभापति रामसिंह रावलको अध्यक्षतमा भएको हो । नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुका नेता तथा कार्यकर्ताको पनि उपस्थिति रहेको थियो ।

गाँउ जाँउ नेपाली काँग्रेसलाई जिताऔ भन्ने मुल नारा बोकेको नेपाली काँगैसले देशब्यापी रुपमा एकै साथ चुनावी आमसभाहरुको उद्घाटन गरेको छ । चुनावी आमसभाको उद्घाटन कार्यक्रममा केही भातृसंघहरुले आफुहरुलाई मन्तब्य राख्न नदिएको भन्दै दुखेसो पोखेका थिए । उता नेपाल प्रेस युनियन जिल्ला साखा बाजुराका अध्यक्ष प्रेम रौलेले सभापतिको एकलौटी मनोमानी र शुभेच्छुक संस्थालाई पार्टीको हरेक गतिविधीमा सघाउन प्रयोग गर्ने तर कुनै पनि कुरा सुन्ने नचाहने गरेको आरोप लगाएका छन ।

पार्टीले गर्ने गतिविधीमा शिक्षक संघ, कर्मचारी युनियन र नेपाल प्रेस युनियन लगायतका शुभेच्छुक संस्थाहरुलाई काम पर्दा मात्र सहयोग लिने तर अरु कुनै पनि पाटीले गर्ने कार्यक्रमहरुमा सुनुवाई नभएको पनि उनले दुखेसो गरेका छन ।











