बाजुरा– बिगत पाँच बर्ष देखि बलत्कारको अभियोगमा फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका– ५ तल्लो काप्री बस्ने नवराज शाही रहेका छन । शाहिले एक महिला माथि राति सुतेको अवस्थामा बलात्कारको गरी फरार रहेको पाँच वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । एकल महिला छोराछोरी सहित सुतेको मौका छोपी जवरजस्ती बलात्कार गरेको प्रमाण सहित मुद्धा चलाइएको थियो ।
पक्राउ परेका ३२ वर्षिया नवराज शाहीलाई जिल्ला अदालत बाजुरामा उपस्थित गराई कारागार जेल चलान गरिएको छ । उनलाई जगन्नाथ गाउँपालिकाको गाउँमा लुकिछिपी बसेको अवस्थामा गोप्य सुचनाका आधारमा प्रहरीको टोलीले पक्राउ गरेका हो । पक्राउ परेका अभियुक्त शाहीलाई जिल्ला अदालत बाजुराले दुई वर्ष ६ महिनाको कैद सजायको फैसला सुनाएको थियो ।