बाजुरा– जिल्लाको कर्णाली पारी रहेको स्वामिकार्तिक खापर गाँउपालिका सडक संजालमा जोडिएको छ । सड्क सञ्जालले नजोडिएका एउटा मात्र स्थानिय तह स्वामीकार्तिक खापर गाँउपालिका फेरी सडक संजालमा जोडिएको छ । यातायातको पहुँचमा पुयाउनका लागि कणरली नदिमा स्वामिकार्तिक खापर गाउँपालिकाले फेरी निर्माण गरि फागुन ३० गते देखी नै गाउँपालिका सडक संजालमा जोडिएको स्वामिकार्तिक खापर गाउँपालिकाका सुचना अधिकारी कुबेर शाहीले बताएका छन । गाँउपालिकाले आफ्नै लगानिमा निर्माण शुरु गरेको करिव दुई बर्ष पछि फेरीको काम सम्पन्न गरी ३० गते नै संचालनमा ल्याएको स्वामिकार्तिक खापर गाउँपालिकाका सुचना अधिकारी शाहीले बताएका छन ।
स्वामिकार्तिक खापर गाँउपालिका ४ सुईजिउला र जगन्नाथ गाँउपालिका १ पिलिचौरको बिचमा फेरि निर्माण कार्य सम्पन्न गरी आजै गाउँपालिका अध्यक्ष चिरनजिबी शाहीले उद्धघाटन गरेको गाउँपालिकाका सुचना अधिकारी शाहीले बताएका छन । फेरी सञ्चालनमा आएपछि बर्षातका ३ महिना असार, साउन, भदौ महिना बन्द हुने बाकि महिना भने सञ्चालन भइरहने गाँउपालिकाले जनाएको छ ।