युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
296 पटक पढिएको

No description available.

रेडियो बुढीनन्दा
बाजुरा– नेपाली काग्रेसका सहमहामन्त्री वद्री पाण्डेले केपी शर्मा ओलीका कारण देश र जनताले दुख पाएको बताउनुभएको छ । नेपाली जनताको अमुल्य मतदानबाट प्रधानमन्त्री वन्नुभएका ओलीले देश र जनातालाई दुख दिएको बताउनुभएको हो । आज कोल्टीमा आयोजित चुनावी आम सभालाई सम्वोधन गर्दै केन्द्रिय सहमहामन्त्री समेत रहनुभएका पाण्डेले ओलीले आफ्नो खुट्टामा बन्चरो हान्ने काम आफैले गरेको बताउनुभयो । ओलीले हुदा खादाको दुई तिहाईको सरकारलाई अपमान गरी संसद विघटन गर्नु आफ्नै खुट्टामा बन्चरो हान्ने काम भएको बताउनुभएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले उखान टुक्काका लागि सिपालु ओलीले जति गफ गरे पनि देश र जनताका लागि कहिल्यै समृद्धि आउन नसक्ने बताउनुभएको हो । आफनै पार्टीका नेता माधव कु्मार नेपाल र नेकपाका अध्यक्ष पचण्डलाई समेत विश्वाश दिलाउन नसकेका ओलीले देश र जनाताका लागि के विश्वासा दिलाउन सक्लान भन्ने प्रश्न समेत गर्नुभएको छ । उहाँले एमाले पार्टी भित्र ओलीलाई प्रेम गर्ने, बा भन्ने र राजामाहराज ठान्नेहरुले ओलीका गतिविधि पनि केलाउन आवश्यक रहेको आंैल्याउनुभयो । जनताका आवश्यक्ता, चाहाना, माग र विकाश निमार्णका कार्य लिएर मुलुकको प्रधानमन्त्रि वनेका ओलीले आफ्ना पार्टीका भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले ७० करोडको आरोप लगाएका गोकुल वास्कोटा र ललिता निवाशको सरकारी जग्गाको आरोप लागेका विष्णु पांैडेललाई ओलीले कारवार्हि गर्नुको सट्टा उल्टै अम्काउन प्रयास गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सहमहामन्त्रि पाण्डेले काग्रेसको अधिवेशन देखेर एमाले चकित भएको बताउनुभयो । उहाँले अव नेपाली काँग्रेसले १८ वर्ष माथि र २३ वर्ष तलका नयाँ मतदाता नागरीकलाई चुनावि प्रशिक्षण दिने बताउनुभयो । उहाँले दलित, महिला, जनजाति र जेष्ठनागरीक लगायत विपन्न वर्गका चाहाना, आवश्यक्ता र मागलाई सम्वोधन गरी घोषणा पत्र निमार्ण गरीने बताउनुभयो ।

No description available.
यस्तै नेपाली काग्रेसका केन्द्रिय सदश्य अर्जुनजंग सिहंले पारीवारीक सम्वन्धले पार्टी बलियो हुने बताउनुभएको छ । पुर्वपरराष्ट्र मन्त्री समेत रहनुभएका शिहंले आफ्नो पनि बाजुरासंग गहिरो सम्वन्ध रहेको बताउनुभयो । उहाँले काग्रेस पार्टीलाई बलियो बनाउन चुनावि घरदैलो अभियान सञ्चालन गरीने बताउनुभयो । अहिले तिन पालिका जितेको नेपाली काग्रेसले आउदो चुनावमा जिल्लाका सवै पालिका जित्ने गरी संघर्ष गर्नु पर्ने बताउनुभयो । एमाले र काग्रेस विच तुलना गर्दा कुन ठिक, कुन वेठिक हो भन्ने आम नागरीकले वुझिसेका बताउदै उहाँले अव आउने चुनावमा काग्रेस अग्रपंक्तिमा रहने दावि गर्नुभयो । पार्टी भित्र निति, नियम विपरीत कार्य गर्ने अधिकार कसैलाई छुट नभएको बताउदै शिहंले यदि काग्रेस भित्र पनि त्यसो छ भने सुधार गर्दै जानु पर्ने बताउनुभयो । नेपाली काग्रेस बुढीनन्दा नगरकार्य समितिका सभापति डवल बहादुर खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा महामन्त्री पाण्डे, केन्द्रिय सदश्य शिहं, विद्यादेवि तिमिल्सेना, पुर्व पार्टी सभापति मानबहादुर रावल, कविराज पण्डित, पार्टी सभापति रामशिहं रावल, महाधिवेशन प्रतिनिधि पदम बहादुर शाही, कमल वुढा, गणेश विष्ट, जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, महासमिति सदश्य पदम कुमार गिरी, गोविन्द बहादुर मल्लले लगायतले सम्वोधन गर्नुभएको थियो । त्यस्तै जिल्ला कार्य समिति उपसभापति नारायण पाध्याय, जिल्ला कार्य समिति सचिव भरत रोकाया, प्रदेश कका क्षेत्रिय सभापति रामबहादुर वोहोरा लगायतले कार्यक्रमलाई सम्वोधन गर्नुभएको प्रदेश क कार्य समिति सचिव रविन्द रोकायाले जानकारी दिनुभयो । कोल्टीमा सञ्चालन भएका कार्यक्रम नगर कार्य समिति सचिव नन्दलाल शार्कीले गर्नुभएको उहाले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!