
बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिकामा युवा स्वयंसेवक हरूका लागि जोखिम पुर्ण सन्चार संलग्नता सम्बन्धित एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलवार संचार बास नेपालको आयोजनमा नगरपालिकाको कार्यालयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
विशेष गरि युवा वर्ग लाई लच्छित गरेर युवा प्रशिक्षण कार्यक्रम गरिएको अभिमुखिकरण कार्यक्रममा सहभागि त्रिवेणी नगरपालिका बास नेपाल रिपोटर युवा बिद्र्यार्थी धिरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार प्रशिक्षण कार्यक्रम युवा स्वमसेवकहरुले समाजमा रहेका विभिन्न कुरूति कुसंस्कार अन्धविश्वासहरुको अन्यका लागि के कस्ता प्रयासहरु गर्नसक्छन् र एक्कासि आइपर्ने बिपदहरुको व्यवस्थापन गर्नका लागि युवा स्वमसेवकहरु कसरि परिचालित हुने भन्ने बिषयमा पशिक्षण गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा करिव १५ जना भन्दाम बढीको उपस्थिति रहेको थियो ।











