बाजुरा- नेपाली कांग्रेस खप्तड छेडेदहको बैठक यहि चैत्र चार गते बस्ने भएको छ । बैठक सुक्रवार बिहान ठिक ११ बजे पार्टी कार्यायमा बस्नेछ । बैठकमा घरघर जाँउ कांग्रेस जिताँउ भन्ने मुला नारालाई आधार मानि चुनाव केन्द्रित बिभिध बिषय माथि छलफल हुने कांग्रेस खप्तड छेडेदह गाँउपालिकाले जनाएको छ । यसका साथै सम्पुर्ण जिल्ला कार्य समितिका पधातिकारी, गाँउ कार्य समितिका पधातिकारी, प्रत्यक वडाका वडा सभापति वडा कार्य समितिका सदस्य, लगायत टाेल कार्य समिति पधातिकारी तथा सदस्यहरूलाइ बैठकमा उपिस्थिथिका लागि अनुराेध समेत गरेकाे छ । पनि यतिवेला कांग्रेस खप्तड छेडेदह गाँउपालिकाले चुनावी आमसभा कार्यक्रम गाँउपालिकाका प्रत्यक वडामा संचालन गर्दै आइरहेको छ । चुनावी आमसभा कार्यक्रम संचालनका क्रममा गाँउपालिकामा कांग्रेस प्रतिको आकर्षण पालिका बासिहरुमा बढ्दै गएको पनि पाइएको छ । प्रत्यक वडामा गर्दै आइरहेको चुजावी आमसभा कार्यक्रममा गाँउपालिकामा लामो समय देखि नेकपा एमाले र नेकपा माओबादी केन्द्रको नेतृत्व गर्दै आएकाहरू पार्टी परित्याग गरि कांग्रेस प्रबेश गर्नेहरुको लहर बढ्दै गएको कांग्रेस नेताहरुले बताएका छन् ।
हाल सम्म २०७४ सालको स्थानिय निर्वाचनमा नेकपा एमालेबाट चुनाव लडेर निर्वाचित वडा अध्यक्ष लगायत पालिका भरी झन्द्रै १ सय भन्दा बढी घर परिवार सङख्या कांग्रेस प्रबेश गरेको गाँउकार्यसमितिका सचिव बिष्णु धामीले बताएका छन्। नेपाली कांग्रेसको पकट क्षत्र भनेर चिनिने उक्त गाँउपालिकामा दिनाैँदिन पार्टी परित्याग गरि कांग्रेस प्रबेश गर्ने लहर बढ्दै गएपछी कांग्रेसी जनहरुमा नयाँ उत्साहा जागेको छ । आफैमा बलियो कांग्रेसमा मतदाताको सङख्या थपिदै जानु र जनताहरुको कांग्रेस प्रतिको आकर्षण बढ्र्दै जानु कांग्रेस खप्तड छेडेदहका लागि खुसिको बिषय हो । गाँउपालिकाको हकमा आफैमा शक्तिसाली रहेको कांग्रेसका लागि थप बलिया आधार तयार हुदै गएको छ । बलिया कांग्रेस नविन काँग्रेस उर्जासिल कांग्रेस र सशक्त कांग्रेस बनाउने र जसरी पनि स्थानिय निर्वाचन जित्ने उदेश्यका साथ चुनावी आमसभा कार्यक्रम प्रत्यक वडामा संचालन भइरहेको कांग्रेस खप्तड छेडेदह गाँउपालिकाका सभापति हर्क बहादुर रावतले बताए । बिगतका दिनहरुमा भए गरेका कमि कम्जोरीहरुलाई सच्याउदै सदृद कांग्रेस एकताबद्ध कांग्रेस र बलियो कांग्रेस बनाउने सन्कल्पका साथ कांग्रेस आस्थावान सबै नेता कार्यकर्ताहरु यतिवेला स्थानिय निर्वाचन केन्द्रित भएको उहाँको भनाई छ ।
फेरी पनि स्थानिय निर्वाचान सरल र सहजै तवरले जित्ने कांग्रेस खप्तड छेदडेदहको दावी छ । २०७४ सालको स्थानिय चुनावमा पराजय भोगेकोे तर गाँउपालिकामा आफ्नो पार्टी पनि शक्तिसाली नै रहेको दावी गर्दै आएको छ । यता एमालेले पनि घरघरमा एमाले नामको नारा बोकेर चुनाव केन्द्रित घरदैलो अभियान थालेको छ । अवको स्थानिय निर्वाचनमा जसरि पनि चुनाव जित्ने अठोतका साथ अगाडी बढिरहेको छ । चुनावमा कारण बस हार बेहोर्नु परेतापनि आफुहरु सक्तिशाली नै रहेको दावी गर्दै आइरहेका एमालेका नेताहरुका लागि फेरी पनि चुनाव जित्न भने निकै सकस नै हुने देखिन्छ । एमाले निकट नेता कार्यकर्ताहरुले नै साथ छोडेपछी एमालेलाई थप चुनौतिहरु सामाना गर्नु परेको छ । यतिवेला एमाले छोडेर कांग्रेस प्रबेश गर्नेहरुको लहर हेर्ने हो भने २०७४ सालको स्थानिय निर्वाचनमा जति मत प्राप्त गरेको थियो त्यही सङख्या अव नरहन सक्ने आसंखा पैदा हुन जान्छ । २०७४ सालको स्थानिय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षले नै एमाले परित्याग गरि कांग्रेस प्रबेश भएपछी एमाले खप्तड छेडेदहलाई अझ ठुलो धक्का पुगेको हो । निर्वाचित वडा अध्यक्ष संगै मतदाताहरुले पनि पार्टी परित्याग गरेपछी एमालेले ठुलो घाटा बेहोर्नु परेको छ । तर यसलाई सामान्य रुपले आफुहरुलेलिएको एमाले निकट नेताहरुले बताउदै आएका छन् । एक जना वडा अध्यक्षले पार्टी परित्याग गर्दैमा पार्टीले हार नमान्ने एमालेको ठहर छ । यसो भनेता पनि वडा अध्यक्षले एमाले पार्टी परित्याग गरि कांग्रेस प्रबेश हुनुले एमालेलाई पुन अवको स्थानिय निर्वाचन जित्न थप चुनौति खडा भएको छ । वडा अध्यक्ष संगै अधिकांस मतदाताहरुले पनि पार्टी छोड्न थालेपछी स्थानिय निर्वाचन जित्ने अठोतका साथ घरदैलो अभियान संचालन गर्दै आइरहेको एमालेको गाँस गाँसमा ढुङ्गा लाग्नु झै हो ।
यि हुन हेर्नुहास एमाले छाेड्रने वडा अध्यक्ष
अव स्थानिय निर्वाचन जित्न थप असहज भएको देखिएको छ । जति सजिलै चुनाव जित्ने र बलियो एमाले बनाउने संकल्प र उत्साहाका साथ एमाले अघि बढेको थियो त्यो उत्साहाले निरन्तरता भने नपाउने आसंका पैदा भएको छ । यो संगै फेरी पनि चुनावमा पराजय भोग्नुपर्ने स्थिति एमालेमा सिर्जना भएको छ । जसको प्रतक्ष फाइदा भने यता कांग्रेलले उठाउने भएको छ । फलस्वरुप फेरीपनि कांग्रेसको जित सुनिश्ति रहेको कांग्रेस नेताहरुले बताउदै आएका छन् । यता नेकपा माओवादी केन्द्र आफैमा कम बाहुलेता भएको क्षेत्र हो । त्यसैमा पनि अधिकांसले पार्टी छोडर कोही एमाले तिर त कोही कांग्रेस तर्फ केन्द्रित छन् । अहिलेको संदर्भमा फेरी पनि कांग्रेस नै बलियो देखिएको छ । तर यता कांग्रेसको आलोचना पनि उत्तिकै भैरहेको पाईन्छ । पाँच बर्षको कार्यकालमा जनताका जनभावना अनुरुप कामहरु हुन नसकेको र जनताले गरेको अपेक्षा बमोजिम स्थानिय सरकारले प्रभावकारी काम गर्न नसकेको गाँउपालिका बासिहरुको गुनासो छ । स्थानिय श्रोत साधनको प्रयाप्तता हुदा हुदै पनि बिकासमा आफुहरुले सहकार्य गर्न खोज्दा पनि पालिकाको बिकास प्रति व्यवास्ता गरेको र स्थानिय सरकार बिकासको बाधक बनेको आरोप प्रमुख प्रतिपक्ष दल एमालेकाे छ । यतिवेला प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अधिकांस युवा नेता कार्यकर्ताहरुले गाँउपालिकाको चर्को आलोचना गर्ने गरेका छन् । तर यता गाँउपालिकाका जनप्रतिनिधिहरु भने प्रतिपक्षको काम नै बिरोध गर्ने भएको हुदा उक्त आलोचनाले खासै प्रभाव नपार्ने बताउन्छन् ।
गाँउपालिकाले गरेका बिकास निर्माणका कार्यहरुमा राजनिति पुर्वाग्रही गर्दै उल्टै अबरोध सिर्जना गर्ने गरेको गाँउपालिकाका अध्यक्ष नर बहादुर रावतले बताउनु भयो । गाँउपालिकाको बिकास र गाँउपालिकाको हित बिपरित कदम पाँच बर्षको समयाअवधि भित्र नचालेको पनि उहाँको भनाई छ । पाँच बर्षको आफ्नो कार्यकालमा आफु समक्ष आएका जनताका गुनासाहरु सम्बोधन गर्ने कुरामा पछि नहटेको बताउदै पालिका र पालिका बासिको हित बिपरित हुने कुनै पनि प्रकारका जनबिरोधी कार्य नगरेको अध्यक्ष रावतको दाबी छ । साथै उहाँले आफ्नो इमान्दारीताको राजनिति कसैलाई मन नपर्नु अथवा आफ्नो पाँच बर्षे कार्यकालको चर्को आलोचना हुनुलाई खासै अनौठो नठानेको बताउनु भएको छ । स्थानिय निर्वाचन नजिकिए संगै गाँउपालिकामा राजनिति चहलपहल भने बढेको छ । नेताहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । यतिवेला सबैको ध्यान भनेस्थानिय निर्वाचन तर्फ केन्द्रित भएको छ ।