
काठमाडौं-काठमाडौं, तारकेश्वर नगरपालिका ५ गोलढुङ्गास्थित होली खेलेर सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लड्दा एक महिलाको मृत्यु भएको छ।
४३ वर्षीया जीवनकुमारी खड्काको बिहीवार मृत्यु भएको प्रहरीले जनाएकाे छ । सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी उनको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको बताइएकाे छ । लडेर घाइते भएकी सोही ठाउँ बस्ने ३८ वर्षीया अन्जु कार्कीको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ।
श्राेत दिनेश खबर











