
बाजुरा– बुढीनन्दा नगरपालिकाको आयोजनामा शुक्रबार सरोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । बुढीनन्दा नगरपालिका न्यायिक समितिको आयोजनामा उक्त कार्यक्रम संचालन गरिएको नगरपालिकाले जनाएको छ । बुढीनन्दा नगरपिालिकाको तालिमहलमा सम्पन्न भएको सो अन्तक्रिया कार्यक्रममा जिल्ला भरीका बिभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
जिल्लाका स्थानीय तह र सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यवहारका विषयमा छलफल गरिएको छ । नगरपालिका न्यायिक समितिले सूचना आयोगका आयुक्त कमला ओलीको सहभागितामा उक्त हक सम्बन्धीको नगरका सरोकारवाला निकाय,जिल्लास्थित संचार माध्यमसंग अन्तक्र्रिया गरिएको नगर उप प्रमुख सृष्टि रेग्मीले बताएकी छन् ।
अन्तक्र्रिया कार्यक्रममा सुचना आयोगका आयुक्त कमला ओलीले हक सक्बन्धी आवश्यक प्रावधान,सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा जानकारी गराएकी थिइन् । नगर उप प्रमुख सृष्टि रेग्मीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सूचना आयोगका आयुक्त कमला ओली प्रमुख अतिथी रहेकी थिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया,बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरी विशिष्ट अतिथी रहेका थिए । सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा नगरपालिकाका १० वटै वडाका वडाध्यक्ष, लगायत अतिथी रहेका थिए । नेपाल पत्रकार महासंघ बाजुराका कोषाध्यक्ष नहकुल जोशीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य न्यायिक समिति सदस्य नन्दलाल सार्कीले गरेका हुन् ।












