
बाजुरा– घर घर जाँउ काँग्रेस जिताँउ अभियाँनमा बाजुरा जिल्लाका काँग्रेस नेताको अभियान एक साता देखि सूरु भएको छ । यसै क्रममा जिल्लाको पुर्वी उत्तरी क्षेत्रमा रहेका चारवटा पालिकाहरुको कार्यकर्ता भेटघाट तथा चुनावी आमसभाहरुलाई सम्बोधन गरी नेताहरु सदरमुकाम मार्तडी केन्द्रीत भएका छन ।
शनिबार जिल्ला सदरमुकाम मार्तडीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति रामसिंह रावलको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन बहादुर सिंह प्रमुख अतिथी रहनु भएको थियो । बडीमालिका नगरपालिकाको तालिमहलमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति निवर्तमान सभापति कविराज पण्डित, जिल्ला कार्य समिति सचिब तिलक पुरी, प्रदेश सदस्य पदम शाही, प्रदेश सदस्य धनराज पण्डित, महिला संघ जिल्ला कार्य समिति अध्यक्ष अमृता सिंह, नेपाली काँग्रेस जिल्ला कार्य समिति निवर्तमान सचिव रनसिंह बहादुर अएडी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
नेपाली काँग्रेस बाजुरालाई कसरी बिजयी बनाउने भन्ने कर्सतमा नेताहरु लागि रहेका छन । जिल्लाका अन्य बााकी पालिकाहरुमा पनि भातृसंघहरुलाई परिचालन गर्ने बिषयमा प्रशिक्षण कार्यक्रममा छलफल भएको काँग्रेस स्रोतले जनाएको छ । जिल्लाको हिमाली, बुढीनन्दा, जगन्नाथ र स्वामिकार्तिक खापरमा चुनावी अभियाँन सम्पन्न भै सकेका छन । चैत्र ६ गते गौमुल गाँउपालिकाको घट्मुनामा चुनावी आमसभा हुने नेपाली कााग्रेस जिल्ला कार्य समिति सचिव तिलक पुरीले जनाएका छन । भने अन्य पालिकाहरुमा पनि क्रमिक रुपमा चुनावी सभा हुने पनि सचिव पुरीले बताएका छन । प्रशिक्षण कार्यक्रममा नेपाली कााग्रेसका नेता तथा कार्यकर्ता र भातृसंघहरुले दत्तचित्त भएर प्रचार प्रसारमा लाग्नु पर्ने बताइएको छ ।











