
बाजुरा– बैसाख ३० गते हुने स्थानिय निर्बाचनका लागी म्यादी प्रहरी भर्ना आवाहन गरिए पछि जिल्ला प्रहरी कार्यालय बाजुरामा पनि भर्ना हुनेको लामबद्घ दे।खिएको छ । निर्वाचनका लागी सरकारले ४० दिन सम्मका लागि नेपाल प्रहरी जवानको सरह सेवासुविधा पाउने गरी चैत्र ५ गते देखि १२ गते सम्म भर्ना सुरु गरेको छ । भर्नाको आज दोस्रो दिनमा पनि अधिकाँश युवाहरुको ताँती देखिएको थियो ।

म्यादी प्रहरी भर्ना हुनका लागि १८ बर्ष पुरा भई ५४ बर्ष ननाघेको उमेर र साधारण लेखपढका लागि दरखास्त आबाहन गरेपछि भर्ना हुनेको निकैनै लाम लागेको प्रहरी जवान बसन्ती ठकुन्नाले बताउनु भएको छ । चैत्र २९ गतेबाट म्यादी प्रह्रीलाई सम्पुर्ण चरण पुरा गरी कामकाजमा खटाइने भएको छ । चैत्र ६ गतेबाट सूरु भएको म्यादी प्रहरीको भर्नामा आइतबार मात्र १ शय बढी दरखास्त परेका थिए भने शोमवार ५ बजे सम्म जम्मा ३२८ जनाको दरखास्त परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यस्तै गतिमा दरखास्त दिनेको संख्याले भैत्र १२ गते सम्म १ हजार बढी दरखास्त पर्ने सम्भावना देखिएको म्यादी प्रहरी दरखास्त साखा जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।











