बाजुरा– नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिकाको आयोजनाम आयोजित चुनावी आमसभा कार्यक्रम सम्पन्न भएको छ। आइतवार कांग्रेस गाउँकार्य समितिका सभापति हर्क रावतको अध्यक्षतामा सम्पन्न भएको हो । नेपाली कांग्रेसको केन्द्रिय सर्कुलर अनुसार नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराले पनि जिल्लाका प्रत्यक पालिकामा घरघर जाऔ कांग्रेस जिताउ भन्ने नाराका साथ आज जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा पनि चुनावी आमसभा कार्य गाउँपालिकामा चुनावी आमसभा कार्यक्रमको आयोजना गरिएको थियो ।स्वागत मन्तव्य प्रेम बहादुर रावतले राख्नु भएको थियो ।चुनावी आमासभा कार्यक्रममा प्रमुख अथिती नेपाली कांग्रे।सका केन्द्रिय सदस्य अर्जुन जंग बहादुर सिंह रहनु भएको थियो । त्यस्तै कार्यक्रममा बिशिस्ट अथिती नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति तथा त्रीवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावल पुर्व संविधान सभा सदस्य,तथा महाधिवेशन प्रतिनिधि,महा नेपाली, पुर्व जिल्ला कार्यसमिति सभापति द्वय कबिराज पण्डित , मान बहादुर रावल, महासमिति सदस्य महिला नेतृ जुना दानी, यस्तै कार्यक्रममा अथिती जिल्ला कार्य समिति उपसभापति तथा बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल, प्रदेश ख. सभापति रंग बहादुर खाती , नेपाल महिला संघ पुर्व जिल्ला कार्य समिति अध्यक्ष अमृता सिंह, महाधिवेशन प्रतिनिधि, पदम शाही, जिल्ला कार्य समिति सचिव तिलकराज पुरी,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि युवा नेता योगेन्द्र रावल, ने . बि संघ जिल्ला कार्य समिति प्रतिनिधि युवा नेता तपेश रावल,जिल्ला कार्य समितिका पधातिकारी, नेपाली कांग्रेसका भातृ संघका प्रमुख एवम प्रतिनिधि ,खप्तड छेडेदह गाउँपालिकाका गाउँ कार्य समितिका पधातिकारी ७ वटै वडाका वडा समितिका सभापति सम्पुर्ण टोल कार्य समितिका सभापति लगायत कांग्रेस आस्थावान नेता कार्यकर्ता गरि करिव ३५०० जना बढीको उपस्तिथि रहेको थियो ।कार्यक्रममा स्वागत मन्तव्य गाउँ कार्य समिति सदस्य प्रेम बहादुर रावतले राखेका थिए । कार्यक्रमको संचालन गाउँकार्य समिति सचिव बिष्णु धामीले गरेका हुन
नेपाली काँग्रेसको चुनावी आमसभा कार्यक्रममा खप्तड छेडेदह गाँउकार्य समितिले अब गाँउपालिकाका सबै ठाँउहरुमा नेपाली काँग्रेसको झण्डा फहराउने दावी गरेका छन । आज सम्पन्न भएको चुनावी आमसभामा नेकपा एमालेबाट २०७४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष वीर बहादुर रावललाई बाजा गाजा सहित कार्यक्रमका प्रमुख अथिती बिशिस्ट अथितिले फुलमाला अभिरले भब्य स्वागत गरिएको छ । त्यसैगरी लामो समय सम्म नेकपा एमले र माओवादी केन्द्रमा रही पार्टी सुदृढीकरणमा ठुलो योगदान दिएका घर परिवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समयमा नेपाली कांग्रेस प्रतीको आकर्षण बढ्ढै गएको छ । प्रत्यक वडामा आयोजना गरिएका चुनावी आमसभा कार्यक्रम गाउँपालिकाका प्रत्येक वडा १०० घर परिवार नेकपा एमाले र माओवादी केन्द्र प्रवेश गरि कांग्रेस प्रवेश भैसकेका छन् । आफैमा पनि यस अघि नेपाली कांग्रेसको पकट क्षत्रका रुपमा रहेको गाउँपालिकमा पार्टी परित्याग गरि कांग्रेस प्रवेश हुनुले कांग्रेस जनहरुका लागि खुसीको बिषय भएको कांग्रेस नेताहरुले बताएका छन् । गाउँपालिकामा अन्य कुनै पनि राजनीति दलले अब कांग्रेस संग एक्लै प्रतिस्पर्धा गर्न नसक्ने बलियो आधार तयार भएको गाउँपालिकाका अध्यक्ष नर बहादुर रावतले बताउनु भयो । गाउँपालिकामा नेपाली कांग्रेस संघीय निर्वाचन जित्ने कि हार्ने भन्ने बिषयमा अन्योलमा पर्न नपर्ने बताउनुभयो । अवको बैशाख ३१ हुने संघीय निर्वाचनमा चुनाव जित्दैनौकी भन्ने कुरामा कुनै दुईमत नरहेको दावी गर्नुभयो । कार्यक्रममा करिव दुई दर्जन नेताहरुले आफ्ना भनाईहरु राखेका थिए ।
कार्यक्रममा बोल्दै कांग्रेस खप्तड छेडेदहका नेताहरूले गाउँपालिकाका प्रत्येक वडामा नेपाली कांग्रेसको झण्डा फर्फराउने आफुहरुको लक्ष्य रहेको अभिव्यक्ति दिएका थिए ।साथै नेताहरुले गाउँपालिकामा बलियो कांग्रेस एकटाबद्ध कांग्रेस सुदृढ कांग्रेस बनाउने उदेश्यका साथ अगाडि बढिरहेको बताएका हुन । नेपाली कांग्रेस गाउँपालिकामा हिजोका दिनमा पनि बलियो रहेको र फेरि पनि बलियो पार्टी नै रहने दावी गरेका थिए । चुनावी आमसभा कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती, बिशिस्ट अथिती लगायत अथितीहरुले गाउँपालिकाको बिकासको प्रसंशा गर्नुका साथै गाउँपालिकाका जनप्रतिनिधिलाई धन्यवाद समेत दिएका थिए । साथै गाउँ पालिकामा पछिल्लो समयमा बढ्दै गएको आकर्षणले स्थानीय निर्वाचन गाउपालिकामा कांग्रेस फेरि पनि बिजयी हुने कुरामा आफूहरु बिश्वस्त रहेको बताउदै सिङ्गो बाजुरा कांग्रेसका लागि थप हौसला थपिएको र बलियो आधार तयार भएको उल्लेख गरेका थिए ।